Breaking News

लागू औषध प्रयोग नगरौ भन्ने नारा सहित १ दिने चेतनामुलक कार्यक्रम सम्पन्न

Feb Tue 2020 05:40:28

594 views

लागू औषध प्रयोग नगरौ भन्ने नारा सहित १ दिने चेतनामुलक कार्यक्रम सम्पन्न
  • साधना बस्नेत/ मनमैजु ,काठमाडौ

गाँजा, चुरोट रक्सी लागू औषध हुन् यिनीहरुको प्रयोग कहिल्यै नगरौं भन्ने चेतनामुलक सन्देशसहित २०७२ मंसीर १८ गते मानसिङ धर्म उच्च मा.वि. मा १ दिने चेतनामुलक लागू औषध बिरुद्धको कार्यक्रम सम्पन्न भएको छ । मा.वि स्तरका बिद्यार्थी लक्षित कार्यक्रम सृजनशील प्रबद्र्धन केन्द्र नेपालको आयोजनामा भएको हो । कक्षा ८, ९ र १० का बिद्यार्थीहरुका लागि लक्षित कार्यक्रमा १२५ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजार काठमाडौंको सहयोगमा सञ्चालन हुने यो कार्यक्रम गैसरसरकारी संस्थामार्फत्त २०७२/२०७३ को दोस्रो चौमासिक अन्तर्गतको कार्यक्रम हो ।3 लागू औषध दुव्र्यसनी बिरुद्धको मंसीर १८ गते सञ्चालन कार्यक्रमका प्रमुख अतिथि मानसिङ धर्म उच्च मा.वि. का सहायक प्रधानाध्यपक महेश्वर प्रसाद देवकोटा, विशेष अतिथि अनिल पाण्डे र अतिथिहरुमा स्वास्थ्य शिक्षिका रुपा शर्मा, प्रशिक्षक सुभास गुरुङ किरण थापा सहित लागू औषधका पूर्व प्रयोगकता राजीव लामाको उपस्थिति रहेको थियो   कार्यक्रममा लागू औषध दुव्र्यसनी बारेको चेतनामुलक बृत्त चित्र समेत देखाइएको थियो । बढ्दो जनसंख्या गरिबी चेतनाको कमी र कतिपय धर्म संस्कृतिको मुल्य मान्यताहरुका कारणले गर्दा लागू औषधको प्रयोगलाई चाहेर पनि अन्त्य गर्न नसिकएको यथाार्थ बताउदै महेश्वर प्रसाद देवकोटाले चेतनामुलक कार्यक्रम नै लागू औषध दूवर्यसनी बिरुद्धको राम्रो अभियान रहेकोले बिद्यार्थी वर्गलाई लक्षित गरी मानसिङ मा.वि.मा कार्यक्रम सञ्चालन गर्ने मौका पाएकोमा आयोजक संस्था र नेपाल सरकार लागू औषध नियन्त्रण कार्यक्रम बिजुली काठमाडौंलाई धन्यवाद दिनुभयो । कार्यक्रमका अतिथि अनिल पाण्डेले बिद्यार्थीहरु चेतनाको संवाह भएकाले जनचेतनामुलक कार्यक्रमहरु बिद्यार्थी लक्षित हुनु अहिलेको माग भएकोले लागू औषध तथा दुव्र्यसनी बिरुद्धका चेतनामुलक कार्यक्रमहरुलाई अझ व्यापक बिद्यार्थीहरुको माझमा छलफल र वहसको रुपमा सञ्चालन गर्न सके बढी प्रभावकारी हुने बताउनुभयो । स्वास्थ्य शिक्षिका रुपा शर्माले विकास र औद्योगिकीकरण एवं सहरीकरणका कारण विश्वव्यापी जलवायु परिवर्तन लगायत विविध कुराले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याएको अहिलेको अवस्थामा विलासी र सौखिनका कारण नै लागू औषध प्रयोग घट्न नसकेको तर्फ औल्याउदै लागू औषधको दुव्र्यसनले मानिसलाई पल पल रुवाउने र मार्ने मात्र होइन परिवार समाजमा नै अपहेलित हुनुपर्ने भएकोले यसको प्रयोगमा नपर्नु बुद्धिमानी हुनेमा सबैको ध्यान जानुपर्ने बताइन् ।2 कार्यक्रममा प्रशिक्षक सुभास गुरुङ र किरण थापा लागू औषधको वर्तमान अवस्था, कुलतमा कसरी फस्न सक्ने, कुलतको पहिलो अवस्थामा नै उचित परामर्श र पुर्नस्थापनाको सहयोग पाए पुनः पहिलेको अवस्थामा फर्कन सकिन्छ भन्ने बारेको ज्ञानमुलक जानकारी सहभागी बिद्यार्थीहरुलाई दिनुभएको थियो ।subash कार्यक्रममा पूर्व लागू औषध प्रयोगकर्ता राजीव लामाले झुक्किएर बाटो बिराउदा लागू औषधको दलदलमा फस्दा आफूले यही जुनीमा धेरै पीडा र कष्ट भोग्नुपरेको यथार्थ बताउदै हाल उचित परामर्श र पुर्नस्थापना केन्द्रको सहयोमा पहिलेको अवस्थामा फर्किन धेरै ठूलो संघर्ष गर्नुपरेको रियल स्टोरी शेयर गर्दै झुक्किएर पनि आगू औषधको कुलतमा नपर्न कार्यक्रममा सहभागी बिद्या3र्थीहरुलाई सचेत गराएका थिए । पछिल्लो समय लागू औषध दुव्र्यसनीमा माध्यमिक स्तरका बिद्यार्थीहरु पर्ने गरेको अध्ययनले देखाएको छ । साथीसंगतको लहलहै र पैसा कमाउने मानसिकताले लागू औषधमा सबैभन्दा बढी युवापुस्ताहरु फस्ने गरेका छन् । बिद्यार्थी जीवनबाट उज्वल भविष्य खोजिरहेका युवाहरु कही कतै गलत मानसिकताका कारण लागू औषधतको दुव्र्यसनीमा नफसुन भन्ने उद्देश्यले यस्तो चेतनामुलक कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता राखेकोे र गैरसरकारी संस्थामार्फत प्रत्येक वर्ष ६० वटा माध्यमिक बिद्यालयहरुमा सञ्चालन गर्दै आएको लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजार काठमाडौंका अधिकृत खड्ग बहादुर श्रेष्ठले बताए ।15 लागू औषध दुव्र्यसनी बिरुद्धका यस्ता चेतनामुलक कार्यक्रम लागू औषध दुव्र्यसनी नियन्त्रणको नभई न्युनीकरणको चेतनामुलक संवाहक अभियान भएकोले लागू औषध तथा दुव्र्यसनीको बारेमा हामी आफै सचेत र जागरुक भएर परिवार समाजमा लागू औषध तथा दुव्र्यसनी बिरुद्ध खबरदारीमा लाग्नुपर्दछ । लागू औषध मुक्त परिवार समाजको निर्माण तपाई हामी आफै जुटे मात्र सम्भव छ ।  3 4 5 6

mansingh drugs prg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?