Breaking News

स्पाभित्र लुकेको सम्भाव्यतालाई पर्यटन विकासका लागि खर्चिदै सफल पर्यटन व्यवसायी - भवी शर्मा

Feb Tue 2020 05:40:35

601 views

स्पाभित्र लुकेको सम्भाव्यतालाई पर्यटन विकासका लागि खर्चिदै सफल पर्यटन व्यवसायी - भवी शर्मा
  • शब्द प्रस्तुति :  भरतराज उप्रेती

“कुनै पनि व्यवसाय सफल बनाउन लागि सम्बन्धित क्षेत्रको गहन अध्ययन अनुसन्धानका साथै ज्ञान अनुभव हुन आवश्यक छ भने व्यवसायप्रतिको झुकाव र निरन्तरता चाहिन्छ,” नेपाल धार्मिक, सास्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको विविधताले भरिएको पर्यटन गन्तव्य भित्र पर्दछ । राज्यको पर्यटन नीति, राजनीतिक अस्थिरता, आज लगानी गरेर भोलि प्रतिफल लिने महत्वकांक्षाको सोच र व्यवसायिक निरन्तरताको अभावले सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रले सोचे जति फड्को मार्न सकेको छैन । सम्भावना र गन्तव्यको पर्यटन क्षेत्रमा न त राज्यले लगानी बढाउन सकेको छ न त लगानी भित्र्याउन नै । नेपालीहरुकै लगानीलाई प्रमोट गर्ने सकारको दूरगामी पर्यटन नीतिको अभाव र नीजि क्षेत्रबाट भएको अस्वस्थ प्रतिस्पर्धाले नेपालको पर्यटन व्यवसाय सोचेजति माथि उठ्न नसकेको पक्का हो । मिलेर व्यवसायिक प्रतिस्पर्धामा नीजि क्षेत्रलाई पर्यटन व्यवसायमा लगानीका लागि राज्यले प्रोत्साहित गर्ने हो भने अबको १० वर्षभित्रै पर्यटन व्यवसायबाटै नेपालको विकासले नसोचेको फड्को मार्नेमा दुइमत कसैको छैन ।

-   भवी शर्मा (प्रबन्ध निर्देशक, रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट प्रा.लि. ठमेल काठमाडौं)

 bb

एक दशक लामो पर्यटन क्षेत्रमा स्पा व्यवसायको माध्यमबाट योगदान पुर्याउदै आएका भवी शर्माको सफल व्यवयायिक यात्रा

बाग्लुङको जैदीमा वि.सं २०३४ मा सामान्य परिवारमा जन्मेका भवि शर्माले १४ वर्ष लामो समय पर्यटन व्यवसायको यात्रामा धेरै उतार चढावहरु सामना गरे । अनेक संघर्ष र चुनौतीलाई सिकाइको अनुभवमा बदल्दै स्पा व्यवसायलाई सम्मानजनक पर्यटन व्यवसायको रुपमा स्थापित गर्ने लक्ष्यसहित शर्माले सन् २००१ म मुस्ताङको जोमसोमबाट स्पा व्यवसाय सञ्चालनमा ल्याए । काठमाडौमा स्पा अर्थात मसाजलाई नराम्रो दृष्टिले हेरिने हुदा विदेशीहरुको ट्रेकिङ गन्तव्यको रुपमा रहेको जोमसोमलाई स्पा व्यवसायको अनुसन्धान को पहिलो रोजाई बनाउनु नै शर्माको पर्यटन व्यवसायमा सफलताको खुट्किलो बन्यो । स्पा व्यवसायप्रतिको नराम्रो सोच र गलत भ्रमलाई चिर्दै स्पा व्यवसायमार्फत पर्यटन व्यवसायलाई माथि उकास्ने स्वार्थबाहेक भवि शर्माको अर्को उद्देश्य मनासवि थिएन ।

राजनीतिक दाउपेच गर्न नजान्ने शर्मा बाग्लुङबाट काठमाडौ छिर्दा २३ वर्ष मात्र लागेको बेला स्वतन्त्र घुमफिरको जीवनशैलीमा रम्न छाडी स्पा व्यवसायमा लगानीको जोखिम उठाउन उनले गरेको आँट र साहसलाई सर्हाना गर्नैपर्दछ । स्पा व्यवसायमा हचुवाको भरमा भवि शर्माले हात हालेका भने होइनन् थाइल्याण्ड, इण्डोनेसिया र सिंगापुरमा ३ महिनाको यात्रा र अध्ययनबाट सिकेको ज्ञान र अनुभवलाई नेपालली पर्यटन क्षेत्रको गन्तव्यका लागि सुहाउदो व्यवसाय भएको निष्कर्षका साथ स्पा व्यवसायले नेपालको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुर्याउने र हज्जारौ बेरोजगार भाइ बहिनीलाईै रोजगारीको वातावरण सिर्जना गर्र्न टेवा पुर्याउने उदेस्यले व्यवसायिक यात्रा शुरु गरेको बताउनुहुन्छ भवि शर्मा । 

काम गर्दा थकान हुन्छ, शरीरले आराम खोज्छ, भोक लागे खाना माग्छ, तिर्खा लागे पानी । स्वस्थ्य शरीर स्वच्छ मस्तिष्कको सम्बन्ध नै सफल जीवनको भोगाई हो । काम गर्दा होस् या हिड्दा होस् शरीरका हरेक अंगले रिफ्रेसमेन्ट चाहन्छ तर हाम्रो बुझाईमा हप्तामा १ पटक त्यो पनि शनिबार नुहाएर पछि स्वस्थ्य र निरोगी भइन्छ भन्ने गलत बुझाई र मान्यता रहेको छ तर अध्ययन र अनुभवले यो बताउँछ की हरेक दिन शरीरलाई कुनै न कुनै तवरबाट आराम र व्यायामको सन्तुलन चाहिन्छ । त्यसको सही ज्ञान नहुदा मानिसहरु सानो उमेरमा नै बिभिन्न रोगका शिकार बन्न पुग्छन् र हजारौ लाखौं खर्चिदा पनि उसले पहिलेको जस्तो स्वस्थ्य र निरोगी जीवन पाउन सक्तैन । व्यस्त सहरी जीवन, असन्तुलित खानपन र शरीरलाई कसरी रिफ्रेस दिने भन्ने सही ज्ञान नहुदा मानिस आफ्नै कारणबाट असन्तुलित र टेन्सनको जीवनशली अपनाइरहेको हुन्छ । त्यस मानेमा स्पा अर्थात मसाज स्वस्थ्य जीवनयापनका लागि अत्यावश्यक सेवा अर्थात टिप्स हो भन्ने ज्ञान र चेतना सबैमा हुनु आवश्यक छ । यस अर्थमा व्यस्त सहरी मानिसकोजीवनशैलीलाई ध्यानमा राखी स्वस्थ्य जीवनयापनका लागि पनि हामीले स्पा व्यवसायसञ्चालन गरेका हौं शर्मा भन्छन् ।

अन्नपूर्ण र एभरेष्ट पदयात्राका ६ स्टेशनहरु जोमसोम, घुरेपानी, धान्द्रुक, लुक्ला,फाग्दिन, नाम्चे बजारमा स्पा सञ्चालनमा ल्याई स्थानीय र विदेशीहरुलाई स्पाका विभिन्न सेवाबाट सन्तुष्ट परेको कुरा अवगत गराउछन् ्र ति ठाउहरुमा स्पाको सेवा लिईसकेका स्वदेसी तथा बिदेसी गरकहरुको सल्लाह अनुसार सन् २००२ माकाठमाडौंको ठमेलमा यो स्पा शुरु गरेका थियौं । ठमेल विदेशी पर्यटककोे हव बन्दै गएकोले र स्पाको ग्राहक अधिकांश विदेशी नै भएकोले ठमेल नै हाम्रो बजार रहेको हामीले विश्लेषण गरेरै स्पा व्यवसायलाई अगाडी बढाएका हौं, शर्मा भन्नुहुन्छ ।

बैंकबाट ऋण लिएर युवा जोशका साथ स्पा व्यवसायलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने उनको साहस धेरैलाई कथाको पात्र लाग्न सक्छ, वास्तवमा त्यो सोचाई गलत साबित गरिदिएको छ ठमेलमा रियल थेरापी एण्ड व्युटी प्वाइन्ट को स्पा व्यवसायभित्रका कुशल व्यवस्थापक र निर्देशक भवी शर्माको सफल स्पा व्यवसासियक यात्राले । स्पा व्यवसायमा थुप्रै चुनौतीहरु नभएका भने होइनन् र भवी शर्माको स्पा व्यवसाय यात्रामा पनि चुनौतीहरु थिए तर शर्माको कुशल व्यवस्थापन, बिदेसी विभिन्न मुलुकमा गएर गरिने स्पा सम्वन्धि अध्ययन, ज्ञान र अनुभवले गर्दा अरु व्यवसायीभन्दा अगाडी रियल थेरापी एण्ड व्युटी प्वाइन्ट स्थापित हुन सफल गरायो । शर्माको व्यवसायलाई उनकी श्रीमतीले समेत सहयोग साथ दिइएकाले पनि व्यवसायमा पूर्ण पारिवारिक वाताबरण रहेको पाईन्छ ।

राज्यप्रति शर्माको दुःखेसो छ, विकसित देशमा स्पा व्यवसाय मर्यादित र सम्मानित छ तर नेपालमा स्पा व्यवसायको पक्षमा राज्य उदासीन भएको आरोप लगाउदै शर्मा भन्नुहुन्छ स्पा अर्थात मसाज शब्दको बुझाई र भ्रम रहेकै कारण हामीले कानूनी तवरले स्पा सम्वन्धि कुनै नाम राखेर दर्ता गर्न सकेनौं, र नेचुरोथेरापीबाट परिभाषित गरी रियल थेरापी एण्ड ब्युटी प्वाइन्टको नामबाट व्यवसाय दर्ता गरेउ र नेपाल सरकारको नियम कानुनमा बसेर अहिले सम्म व्यवसाय संचालन गरिरहेका छौ   ।  बिदेसमा स्पा सम्वन्धि उच्चसिक्षा सम्मको अध्ययन गराउने कलेजहरु छन् ।   नेपालमा यसको ठिक बिपरित छ, यहाँ नपढेका, हेल्पलेस, असहाय गरिब वर्गका मानिसले गर्ने काम हो भन्ने बुझाई छ ।  यो अत्यन्त गलत कुरा हो  नेपालमा राज्यको नीति स्पा व्यवसायका लागि उदार बन्न नसक्दा स्पा व्यवसायले पर्यटन क्षेत्रमा फड्को मार्न नसकेको अनुभव शेयर गर्दै रियल थेरापी एण्ड ब्युटी प्वाइन्टका सञ्चालक भन्छन, नेपालमा नेपाल सरकारको लगानीमा एउटा सिएमए जस्तै कलेज खोलिदियो भने लाखौ बेरोजगार भाइ बहिनिले यो सम्वन्धि अध्यन गरेर संसारका कुना कुनामा गाही सम्मानित तरिकाले अधिकतम आम्दानी गर्न सक्ने थिए  ।

चुनौतीसँगै स्पा व्यवसायमा प्रसस्त अवसरहरु रहेका छन् । युवा वर्गका लागि लगानीको उच्च प्रतिफल दिने क्षेत्रसँगै काम गरी कमाउने क्षेत्र स्पा व्यवसाय भएकोले यो व्यवसायलाई सम्मान गर्नुपर्ने भवि शर्माको सुझाव छ । सिकाईसँगै दक्ष थेरापीस्टले मासिक २० देखि ५० हजारसम्म आम्दानी गर्न सक्ने र विदेशमा समेत मसाज गर्ने व्यवसायिक थेरापीस्टको उच्च माग छ, हामीकहाँ सिकेर विदेशमा गई थेरापिष्टमा काम गर्ने केही युवाहरुले डेढ देखि दुई लाख सम्म कमाई गरेको शर्मा बताउनुहुन्छ । आफ्ना कर्मचारीहरुलाई प्रत्येक हप्ता फ्रि सेवा दिने उदार छवि बनाएका भवि शर्मा मिलनसार, शालिन, धैर्य र बिसंगती एवं खराब सोच राख्नेहरुका लागि कडा मिजासका व्यवसायिक व्यक्तित्व भित्र पर्नुहुन्छ ।

स्पा व्यवसायलाई पर्यटन विकासका लागि लगाउदै १४ वर्ष संघर्ष र चुनौतीसामु सफल स्पा व्यवसायीका रुपमा चिनिएका शर्माको सोच उच्च सिक्षा हासिल गर्न नसकेका तर जीवनमा केही राम्रो काम गर्ने सोच बोकेका युवा वर्गका लागि प्राविधिक स्पा एजुकेसन कलेज सञ्चालन गर्ने रहेको छ । स्कील डेभलपमेन्टका लागि व्यवसायिक प्राविधिक कोर्ष राज्यले लागू गर्नुपर्ने हो तर नीजि क्षेत्रले लिएको अगुवाईलाई पनि राज्यले किन स्वीकार्दैन कारण राजनीतिक अस्थिरता र ब्युरोक्याटको गलत सोचले गर्दा हो तर यसका लागि हाम्रो प्रयास पछि हट्दैन, शर्माले भने ।

भुकम्पपछि माथि उठ्ने प्रयासमा रहेको नपालको पर्यटन व्यवसाय क्षेत्र भारतको अघोषित नाकाबन्दीले फेरि थलिएको छ । इन्धन संकट र लोडसेडिङका कारण हरेक व्यवसाय प्रभावित छ, कतिपय व्यवसाय बन्दको अवस्थामा पुगेको छ । यस्तो परिस्थितीका वापजुत पनि हामीले हाम्रो स्पा सेवालाई दुःखका साथ केही घण्टा कटौती गरी निरन्तर सञ्चालान गरिरहेका छौं । १४ वर्षको स्थापित व्यवसाय र हाम्रो सेवाका कारण हामीले व्यवसाय ब्यालेन्समा यस परिस्थितीमा पनि चलाइरहेका छौं । यसको कारण हाम्रो व्यवसायिक सेवाप्रति ग्राहकको संन्तुष्टि र माया नै हो । यसलाई गिर्न हामी कहिल्यै दिदैनौ ।

रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट स्पामा सेवा लिन राजनैतिक उच्च पदाधिकारी, ब्युरोक्याट, कलाकार, आर्मी पुलिसका उच्च पदाधिकारी र व्यवसायीहरु आउने गर्दछन् । पाँचेतारे होटलले दिन नसक्ने स्पाभित्रका धेरै सेवाहरु हामी दिएका छौ sauna Bath, Steam Bath, Ofuro( Hotspring Bath) Ayurvedic Therapy, Hot Stone, Thai Strechaing Therapy, Fot Reflexsology आदिका साथै ब्युटीपालरका सम्पूर्ण सेवा हामीले दिदै आएका छौं । समय अनुकुल हामीले नया नया सेवाहरुलाई थप्दै गइरहेका छौ ।  जसलाई ग्राहकले अत्यधिक मन पराउदै आएका छन् र धेरै मानिसहरु हप्तामा दुई पटकसम्म सेवा लिन आउने गरेका छन । हेल्थ रिल्याक्सेसन, ग्यामर र टुरिजम क्षेत्रमा स्पा भनेको एउटा पुरा संसार हो । यसभित्र हजारौं बडि ट्रिटमेन्ट रिल्याक्सेसन र आउट लुक्स मेन्टेनका विधि र सेवाहरु छन् । देशको बिकास र मानिसको आर्थिक सम्पन्नता समाजको सस्कृति र मानिसको उमेर अनुुसार फरक फरक स्पाका सेवा र विधिहरु पाइन्छन । यो सेवा पर्यटनको हिसाबले प्रख्यात भएका देश र ठाउहरुमा  बिकास भएको पाइन्छ । उमेर अनुसार मानिसहरुको शरिरका प्रत्येक भागलाई विभाजन गरी ट्रिटमेन्ट रिल्याक्सेसन र आउटलुक्स मेन्टेन गर्न बडि स्पा गरेको पाइन्छ । जस्तै हेयर स्पा, फेस स्पा, नेक स्पा,आइ स्पा,फुट स्पा, नेल स्पा, स्कीन स्पा, बडि स्पा जस्ता विभाजित नामहरु सुन्न सकिन्छ ।

qq

युरिक एसिड, दम, बाथ, सुगर, प्रेसर, ज्वाइन्ट पेन, स्कीन एलर्जी भएकाहरुका लागि sauna Bath, Steam Bath, Ofuro( Hotspring Bath) Ayurvedic Therapy, Hot Stone, Thai Strechaing Therapy, Fot Reflexsology अति उपयोगी सिद्ध छ । एकपटक रियल थेरापी एण्ड ब्युटी प्वाइन्टको सेवा लिनुहोस्, तेस्पछी यहाहरुले आफ्नो स्वास्थ्यको लागि स्पाको महत्व थाहापाउनुहुनेछ । यसरि हामी सबै मिलेर नेपालमा स्पा व्यवसायलाई व्यवसायिकरण गरि माथि उठान सहयोग गरौ र लाखौ बेरोजगार भाइ बहिनीलाई रोजगारी दिई देस बिकासको लागि टेवा पुर्याऔं भवी शर्मा सम्पूर्ण नेपालीका लागि यही सन्देश शेयर गर्न चाहनुहुन्छ ।

मसाज अर्थात स्पा शब्दप्रतिको नेपाली बुझाईको भ्रमलाई चिर्दै जोखिम उठाएर लाखौं लगानी गर्ने शर्मा जस्ता युवा पुस्तालाई राज्यले न त प्रोत्साहन गर्न जानेको छ न त सम्मान गर्न नै । विकासको ससक्त आधारस्तम्भ मानिने पर्यटन क्षेत्र नेपालका लागि ईश्वरको वरदान भन्दा फरक पर्दैन । सगरमाथा हिमालयको देश, बुद्धको जन्मभूमि, प्राकृतिक सम्पदा वनजंग ल झरना खोलानाला, ऐतिहासिक सम्पदा, धार्मिक र साँस्कृतिक विविधताभत्रको नेपालीको एकता कहाँ पाइन्छ विश्वका अरु देशमा । पर्यटन गन्तव्यहरु अन्नपूर्ण, लाङटाङ, धान्द्रुक, घोडेपानी, चिसापानी, लुक्ला, पोखरा, सराङकोट, नुवाकोट दरबार, नगरकोट, भेडेटार, चितवन सौराहा, इलाम,वराह क्षेत्र र प्रमुख धार्मिक स्थलहरु पशुपतिनाथ, स्वयम्भु, पाटन कृष्णमन्दिर, वंगलमुखी, दक्षिणकाली, मुक्तिनाथ, विन्दवासिनी, मनकामना, दोलखा भीमेश्वर लगायतका सयौ स्थानहरु छन् । जसलाई धार्मिक पर्यटन, साँस्कृतिक पर्यटन र ऐतिहासिक पर्यटन रुपमा विकास गर्न सकिएको छैन । निजी स्तरबाट जोखिम उठाएरै नेपालको पर्यटन व्यवसायमा साहसिक रुपमा लागि पर्ने भवी शर्मा जस्ता अरु सयौ युवाहरुलाई हामीले साथ दिए पक्कै नयाँ नेपाल विकसित नेपाल बन्ने थियो ।

( लेखक : भरतराज उप्रेती, साइवर सञ्चार पत्रिकाका व्यवस्थापक सह सम्पादक, आइसिटी न्युज साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक, आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष, आइसिटी अनलाइन खबर डट कम र आइसिटी खबर डट कम का सञ्चालक तथा प्रधान सम्पादक रहदै आइसिटी सोसल मिडिया कन्सेप्टरको रुपमा चिनिन्छन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?