Breaking News

टोमा लामा : मुगुको पहिलो रेडीयो पत्रकार र कर्णालीको पहिलो महिला चलचित्र निर्देशक

Feb Tue 2020 06:35:59

1335 views

टोमा लामा : मुगुको पहिलो रेडीयो पत्रकार र कर्णालीको पहिलो महिला चलचित्र निर्देशक

टोमा लामा अहिले अमेरिकामा समाजसेवा र पत्रकारीतामार्फत महिला आदिवासी जनजाती र नेपालीकै हितका लागि काम गरिरहेकी छिन् । समाजसेवामार्फत केही गरौं भन्ने सानैदेखि लक्ष्य भएकोले टोमाले अमेरिका पुगेर पनि समाजसेवा र पत्रकारीतालाई निरन्तरता दिएकी हुन् ।

टोमा न्यूयोर्कमा २०२० का लागि भएको नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ९फिप्ना०को सातौं राष्ट्रिय महाधिवेशनबाट  सचिवमा निर्वाचित भएकी छन् । सचिवमा निर्वाचित भएपछि टोमाले अमेरिकामा रहेर समाजसेवा गर्न अझ ठूलो हौसला मिलेको बताइन् ।

को हुन् टोमा लामा 

नेपालमा रहेका नेपाली संघसंस्था र अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुबीच पुलको काम गर्र्ने बताउने टोमाले नेपालमा जस्तै अमेरिकामा पनि पत्रकारिता, चलचित्र र सामाजिक कामलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेकी छन् । नेपालका आदिवासी जनजाति तथा सिंगो नेपाली समुदायहरूको भाषा, संस्कृति, परम्परा र रितिरिवाजका साथै खानाहरू, भेषभुषाहरूको प्रवर्द्धन, प्रचारप्रसार गदै नेपाल भ्रमण वर्षलाई सघाउने उल्लेख्य भूमिका खेल्ने टोमा बताउँछिन् ।

बाल्यकालमा मुगुको चिसोमा सिउ–सिउ गर्दैै हातमा पुस्तक च्यापेर विद्यालय जाने टोमा अहिले अन्र्तराष्ट्रिय रुपमा नै सेलिब्रेटी बनेकी छन् । राष्ट्रियस्तरको मिडीया हाउस नेपाल एफएम नेटवर्कमार्फत कार्यक्रम उत्पादक तथा सञ्चालक भएर समाजिक अभियान थालेकी टोमा, नेपाल एफएमको कार्यक्रम आवाज मार्फत् महिला हकअधिकारको विषय उठान, दुर्गम क्षेत्रको समस्या, चुनौती, संभावना र विकासमा संचार माध्यमबाट योगदान दिएकोमा …ICT Radio Journalist Honor -2015 को अवार्ड समेत हात पारेकी छन् ।

टोमाले वि.सं. २०६५ मा नै चलचित्र “सोल्जी” निर्देशन गरिन् । उनको यो फिल्म सर्वोत्कृष्ट भयो । देश विदेश सर्वत्र चर्चा कमायो, कमाइ पनि राम्रो भयो । यति मात्रै होइन– “सोल्जी” सिनर्जी अफ वुमेन फिल्म फेस्टिवल २००८ मा उत्कृष्ट निर्देशकको अवार्डबाट सम्मानित भयो । त्यस लगत्तै CIPA द्वारा आयोजित Buds Film Fiesta Award-2010  मा Best Youth director को Award जित्न सफल भयो भने त्यसैगरी सीमान्तकृत मुगाल समुदायको प्रथम चलचित्र “सोल्जी” निर्देशन गरेर मुगाल समुदाय प्रथम र कर्णालीको प्रथम महिला चलचित्र निर्देशक र लेखकको FINFI Award-2013  बाट टोमा सम्मानित भइन् । हङकङमा आयोजित infa FILM AWARD-2014 मा पनि यस चलचित्रले मुगाल समुदायको प्रथम र कर्णालीको प्रथम महिला चलचित्र निर्देशक उपाधि हात पा¥यो । त्यसपछि टोमामा अझ बढी उर्जा थपियो ।

वि.सं. २०७४ मा उनकै निर्देशनमा चलचित्र “फेके” बन्यो । त्यो पनि सोल्जीभन्दा अब्बल ठहरियो । चलचित्र “फेके” नेपाल सरकार, चलचित्र विकास वोर्डबाट सम्मानित भयो । साथै “प्रथम नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०१७” मा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड र नगदसहित सम्मान पायो । Federation या Indigenous People या Nepal in America (FIPNA) ले आयोजना गरेको Nepal Indigenous Film Festival New York- 2017 मा लामाले निर्देशन गरेको चलचित्र “फेके–ःMother ‘Tongue’ Best Film  मा नोमिनेशनमा पर्न सफल हुनुको साथै न्यूयोर्क फिल्म फेस्टिवलमा विशेष प्रर्दशन पनि गरिएको थियो । त्यहाँ पनि न्यूयोर्कवासी दर्शकहरुबाट वाहावाही नै पायो फिल्म ‘फेके’ ले । उनको यी दुईवटा चलचित्र “सोजी” र “फेके” ले अन्य विभिन्न अवार्ड र सम्मान पाउन सफल भयो । उनीद्वारा निर्देशित् दुईवटै फिल्ममा उनको आफ्नो अभिनय पनि छ । उनको समाजसेवा, फिल्मी र पत्रकारिताको यात्राले टोमाको क्षितिज फराकिलो बनायो । यही यात्राले अमेरिका देखायो, अमेरिकामा चिनायो अब स्थापित बनाउने संकेत गरिरहेको छ ।

त्यसो त ‘बिहानीले दिउँसोको झल्को दिन्छ’ भनेजस्तै टोमाको प्रतिभाको संकेत बाल्यकालबाटै देखिएको हो । बुबा आङग्याल लामा र आमा छोइटोल लामाको कोखवाट जन्मीएकी टोमा, दुर्गम मुगु जिल्लाको तत्कालीन मुगु गा.वि.स.–९, मुगुटोल (हाल मुगु कार्मारोङ गाउँपालिका-२) को ग्रामिण परिवेशमा त्यो समयमा विद्यालय जाने पहिलो र एक्लो छात्रा हुन् । उतिखेर छोरी मान्छेलाई पढाईमा चासो नदिने समाजमा नयाँ रेकर्ड कायम गर्दै प्रगतिको पहाड चढ्दै अगाडी बढेकी उनको छलाङ विश्वको शक्ति केन्द्र बनेको अमेरीकामा पुग्दा पनि रोकिएन, अमेरीकामा लोकप्रिय बन्दै गएकी चलचित्र निर्देशक तथा नायिका, संचारकर्मी एवं समाजसेवी टोमा लामाको समाजसेवाको उचाई अमेरिकामा पनि चुलिंदै छ ।

तीनवटै विधा, चलचित्र निर्देशक, पत्रकारिता र समाज सेवामा मुगु, कर्णालीदेखी राष्ट्रिय हुँदै अन्तर्रा्ष्ट्रिय स्तरसम्म लोकप्रिय लामा मुगाल समुदायको प्रथम चलचित्र निर्देशक र सञ्चारकर्मी हुन् । टोमा कर्णालीको पहिलो महिला चलचित्र निर्देशक हुन् भने मुगु जिल्लाको प्रथम रेडीया जर्नालिष्ट पनि हुन् ।

यतिमात्र नभइकन मुगाल समुदायको पहिलो शिक्षक, साहित्यकार तथा मुगाल भाषाविज्ञ बुवा आङग्याल लामाको लेखन कार्यलाई पनि सघाउँदै आएकी छन् । बुवासंग मिलेर टोमाले मुगाल भाषाको कक्षा १ देखी ५ सम्मको पाठ्यपुस्तक लेखेकी छन्, जुन पाठ्यपुस्तक नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको छ । यो पाठ्यपुस्तक विद्यालयमा पठनपाठन हुनेक्रममा छ । यस अर्थमा मुगाल समुदायको लोप हुन लागेको मुगाल भाषाको विकास र संरक्षणमा पनि टोमाको उतिकै योगदान छ ।

टोमा लामा महिला शसक्तीकरण, जलवायु परिवर्तन र दुर्गम क्षेत्रको विकासको पर्याय हुन् भन्दा अत्यय्क्ति नहोला । कर्णाली सर्वाङगीण विकास केन्द्र (KIDC) र मुगाल आदिवासी जनजाति महिला उत्थान संस्था (MIWUI)  को संस्थापक अध्यक्ष टोमा अझ विशेषत :  कर्णालीवासीको शिक्षा, स्वास्थ्य, विकास, अधिकारलगायतका विषयलाई उनको संघर्षको इतिहास गौरबमय छ । आदिवासी जनजाति चलचित्र महासंघको महासचिव र उपाध्यक्ष भएर नेतृत्वदायी भूमिका समेत निभाएकी छन् ।

Source : https://www.sansarnews.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?