Breaking News

मुनि बहादुर शाक्य र विनोद ढकाललाई राष्ट्रिय नागरिक सम्मान

Sep Fri 2022 02:39:40

618 views

मुनि बहादुर शाक्य र विनोद ढकाललाई  राष्ट्रिय नागरिक सम्मान

राष्ट्रिय प्रेस क्लब नेपालको ३८ औं वार्षिकोत्सव समारोहमा आईसटी क्षेत्रका मुनि बहादुर शाक्य र विनोद ढकाल सम्मानित भएका छन् । कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा आयोजना गरिएको थियो । कम्प्युटर आविष्कार क्षेत्रमा ४ दशकभन्दा लामो समय अनवरत लागिरहेका कम्प्युटर विज्ञ मुनि बहादुर शाक्यलाई आइसिटी इनोभोसेन राष्ट्रिय नागरिक सम्मान २०७९ द्धारा सम्मानित गरिएको छ । मुनि बहादुर शाक्यले सन् १९७९ मा माइक्रो कम्प्युटर, सन् १९८३ मा देवनागरी कम्प्युटर, सन् २००६ मा सुपर कम्प्युटर, ग्रीन कम्प्युटर (३५ वाट बिद्युत खपतमा चल्ने) लगायतका दर्जनौ कम्प्युटर आविष्कारहरु नेपालमै गरेर सफल प्रयोग समेत गरिसक्नुभएको छ ।


नेपाली रोवोट, सुरक्षा यन्त्र, टेलिस्कोप जस्ता प्रविधि उपकरणहरु बनाइसक्नुभएको शाक्यको कम्प्युटर इनोभेसनमा गहिरो लगाव छ । कम्प्युटर बनाउने ४ करोड बराबरको कम्प्युटर मेसीन शाक्यको घरमा अझै छ तर राज्यले शाक्यको इनोभेसनहरुलाई अझैसम्म चिन्न सकेको छैन । 


त्यस्तै आईसिटी क्षेत्रबाट सम्मानित हुनेमा ई विनोद ढकाल रहेका छन् ।  क्यान महासंघ र कम्प्युटर व्यवसायिक क्षेत्रबाट २ दशक लामो समयदेखि आइसिटीको क्षेत्रमा महत्वपूर्ण योगदान पु्याए वापत ढकाल लाई आइसिटी लिडरसीप राष्ट्रिय नागरिक सम्मान २०७९ बाट सम्मानित गरिएको हो । ढकाल क्यान महासंघको पूर्व अध्यक्ष हुनुहुन्छ । ढकालले जिल्ला जिल्लाका आइसिटी व्यवसायीहरुलाई ऐक्यवद्ध गर्ने क्यान महासंघको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?