करिब नौं हजार मानिसको ज्यान लाने गरी गएको गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते अर्थात् आजैका दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।
भूकम्पमा परेर आठ हजार सात सय ९० मानिसको मृत्यु भएको थियो भने करिब २२ हजार नागरिक घाइते भएका थिए ।
भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर १४ जिल्लामा धेरै क्षति भएको थियो ।
भूकम्पले सात हजार ५५३ विद्यालय, ९२० सांस्कृतिक सम्पदा, एक हजार १९७ स्वास्थ्य संस्था, ४१५ सरकारी भवन, सुरक्षा निकायका १९४ संरचना, ७६२ किमी सडक संरचना र एक हजारभन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो ।