Breaking News

युवा संघको २६ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न - फोटो झलकहरु सहित

Feb Tue 2020 05:40:34

460 views

युवा संघको २६ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न  - फोटो झलकहरु सहित
  • साधना बस्नेत, काठमाडौं
sangha

युवा संघ नेपालले आफ्नो २६ औं स्थापना दिवस काठमाडौंको राष्टिय सभा गृहमा मनाएको छ । २६ औं स्थापना दिवससँगै आयोजित पहिलो युुवा महोसत्व कार्यक्रममा युवा संघका संस्थापक अध्यक्ष तथा प्रधानमन्त्री के.पी शर्मा ओली, ज्यू, एमाले नेता तथा रक्षामन्त्री भीम रावल, ईश्वर पोखरेल, योगेश भट्राई भरतमोहन अधिकारी, पार्टी स्थायी समिति सदस्य तथा बरिष्ठ नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता युवा संघका अध्यक्ष राजिब पहारीले गर्नुभएको थियो । २६ औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री के.पी.ओलीले मुलुकलाई रेलमय बनाउन आफूलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

‘अन्त रेल चलाउन हुने, नेपालमा रेल ल्याउनै नहुने हो कि क्या हो ? प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, चीनबाट काठमाडौसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको बताउदै ओलीले विदेशमा रेल चल्छ भने नेपालमा किन नहुने भन्ने प्रश्न गर्दै पाँच वर्षभित्र चीनको केरुङदेखि काठमाडौं तथा काठमाडौंदेखि पोखरा र लुम्बिनीसम्म सरकारले नै रेलमार्ग बनाउने उद्घोष समेत गरे ।KP-Oli-PM-of-Nepal

सरकारी कार्यालयहरुलाई कागजमुक्त बनाइ कम्प्युटरबाट मात्र काम हुने निकायका रुपमा विकास गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउदै प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई पूर्णरुपमा डिजिटलयुक्त बनाउने दाबीसमेत गरे ।

कार्यक्रममा बोल्दै युवा संघ नेपालका राजीव पहारीले युवाहरुलाई स्वदेशमै रोजगारको अवसर दिने नीति तथा कार्यक्रम अन्तर्गत प्रमाणपत्र धितो राखेर लोन लिने व्यवस्था युवा संघका संस्थापक तथा सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड के.पी शर्मा ओली सरकारको निर्णयले लाखौं युवाहरु स्वदेशमै ढुक्क भएर स्थापित हुने अवस्थाको सृजना भएकोमा खुशी व्यक्त गर्नुभयो । साथै युवा संघले उठाएको सो मागको उचित सुनुवाईले लाखौ युवाहरु विदेश पलायन हुने अवस्थाको अन्त्य हुनेमा पनि अध्यक्ष पहारीले दाबी गरे । प्रधानमन्त्री केपी ओली सरकारले युवा संघको सञ्जालमा रहेको देशभरिका युवालाई पुर्ननिर्माण काममा खटाए ३ महिना भित्र पुर्ननिर्माण काम सम्पन्न गरेर युवा संघको क्षमता देखाइदिने उद्घोष सहित प्रबिद्धता समेत पहारीले गरे ।

sangha युवा संघ नेपालको २६ औं स्थापना दिवसको अवसरमा पहिलो युवा महोत्सव समेत आयोजना भएको थियो । महोत्सवमा नेपाल सरकारका सूचनामुलक जानकारी दिने निकायहरुले युवा सम्मेलनमा आएका हजारौं युवाहरुलाई सामाजिक सूचना लगायतका जानकारीहरु परामर्शका रुपमा दिएका थिए । त्यस्तै महोत्सवमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा सयौं युवाहरु सरिक भएका थिए ।

युवा संघ नेपालको २६ औं स्थापना दिवसको केही फोटो झलकहरु

 hami youba

Youba 1

sabsad

youba

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रमको स्टल युवा महोत्सवमा हजारौं युवाहरुलाई लागू औषध र दुव्र्यसनको बारेमा परामर्श र सचेतना दिर्दै लागू औषध नियन्त्रण कार्यक्रमका कार्यक्रम अधिकृत खड्ग बहादुर श्रेष्ठ

bisaty

saba    yi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?