Breaking News

च्यारिटी कन्सर्टबाट संकलित बाइस लाख तिलगंगा प्रतिष्ठानलाई

Feb Tue 2020 05:40:29

671 views

च्यारिटी कन्सर्टबाट संकलित बाइस लाख तिलगंगा प्रतिष्ठानलाई

रष्टी नेल्स ब्याण्डले २०७२ सालमा ५ वटा च्यारिटी कन्र्सटबाट संकलित बाइस लाख रकम जलविन्दु लागेका गरीब  बालबालिका सहयोगार्थ तिलगंगा आँखा प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ । लेट्स मेक डिफ्रेन्स, लेट्स मेक म्युजिकू भन्ने नाराका साथ जलविन्दु सम्बन्धी जनचेतना फैलाउने र आर्थिक अवस्था कमजोर भई जलविन्दु लागेका बालबालिकालाई सहयोग गर्ने उदेश्यका च्यारिटी कन्र्सट आयोजना गरिएको हो । च्यारिटी कन्र्सटमा १९७४ ए डी व्याण्ड, निमा रुम्बा लगयातको पनि प्रस्तुती रहको थियो । जलविन्दु सम्बन्धी जनचेतना जगाउने उद्देश्य सहित च्यारिटी कन्सर्टको यो १ वर्षे सांगितिक यात्रा र जलविन्दु सम्बन्धि जानकारीसहितको वृतचित निर्माण गरिएको छ । सोही वृतचित्रको पहिलो प्रदशर्नी यही आउँदो भाद्र ३ गते हुन गइरहेको छ । जसबाट उठेको रकम उपचारमै खर्च गरिनेछ । यस वृतचित्र अष्ट्रेलियन नागरिक स्वगिर्य के वाल्स्मा समर्पित गरिएको छ । जसले तिलगंगामा जलविन्दु आँखा क्लिनिक स्थापना गर्न योगदान गरेका थिए ।images च्यारिटी कन्सर्टबाट उठेको रु। २२,०००,००/- (बाईस लाख) ब्याण्डका सदस्य डा. सुमन थापाले तिलगंगा आँखा प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको हो । डा. सुमन थापा जलविन्दु विशेषज्ञ साथै तिलगंगा आँखा प्रतिष्ठानका जलविन्दु विभागका प्रमुख एवं प्राध्यापक पनि हुनुहुन्छ । डा. थापाले तिलगंगाले आर्थिक श्रोतका अभावमा उपचार गर्न नसक्ने जलविन्दु रोग लागेका शल्यक्रिया गर्नुपर्ने बालबालिकाहरुका लागि यो रकम खर्च गरिने जानकारी दिनुभयो । रष्टी नेल्स काठमाडौं बेस ब्लु ज्याज ब्याण्ड हो । जसमा युवराज क्षेत्री (भोकल र लिड गिटार), हेमराज क्षेत्री (भोकल, ड्रमर) , सोनाम लामा÷शन पिङ्गरोप (वास गिटार) र डा.सुमन थापा (भोकल, रिदम गिटार, हारमोनिका) रहेका छन् । यदि समयमै पहिचान भई उपचार गर्न सकेमा जलविन्दु रोकथाम गर्न सकिन्छ । ढिलो भएमा दृष्टि नै गुम्ने सम्भावना रहन्छ । त्यसैले समयमै जाँच तथा परिक्षण गर्नुपर्दछ । हाल जलविन्दुको अन्तराष्ट्रिय स्तरको सम्पूर्ण उच्च प्रविधिको उपचारहरु तिलगंगा आँखा अस्पतालमा उपलब्ध छन ।

जलविन्दु भनेको के हो ?

eye

हाम्रो आँखाको गेडी भित्र मध्य भागमा एक प्रकारको सफा पानी जस्तो तरल पदार्थ ९एकयुस ह्युमर० उत्पन्न भइरहन्छ । यदि एकयुसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको एकयुस जल आँखाको गेडी भित्र नै थुनिइ आँखा भित्रको चापमा वृद्धि भई जलबिन्दु रोग लाग्दछ । जलबिन्दु भएमा आँखा भित्रको चापमा वृद्धि भई दृष्टि नशालाई नराम्रो असर पर्दछ । यो रोगले दृष्टि क्षमतालाई पछिबाट उपचारै नलाग्ने गरी कम गराउन सक्छ । जलविन्दु लागेको बच्चाको आँखाको नानी ठूलो भएर जान्छ । यदि परिवारमा कसैलाई जलविन्दु लागेको भए बच्चालाई पनि लाग्न सक्छ । बच्चा जन्मिने बित्तिकै पनि लाग्न सक्छ । नेपालमा एकिन तथ्यांक त छैन तर तिलंगगा आँखा अस्पतालमा मासिक लगभग ७ जनाको शल्यक्रिया हुने गर्दछ । विश्वभरिमै दृष्टिविहिन गराउने प्रमुख रोगहरु मध्ये जलविन्दु दोश्रो नम्बरमा पर्दछ । यो रोग विशेष गरेर परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रुपमा,४० वर्ष उमेर भन्दा माथिकालाई, मधुमेह वा उच्च रक्तचाप भएकालाई र आँखामा चोट लागेको छ भने त्यस्ता व्यक्तिहरुलाई लाग्ने सम्भावना रहन्छ । नेपालमा सन् २०११ मा गरिएको Rapid Assessment Avoidable Blindness Survey का अनुसार कुल अन्धोपन मध्ये ५ प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?