Breaking News

फेसबुकबाट यसरी सजिलै पैसा कमाउन सकिन्छ

Feb Wed 2020 02:40:40

1542 views

फेसबुकबाट यसरी सजिलै पैसा कमाउन सकिन्छ

-साधना बस्नेत

तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकले नै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ।

कसरी सहभागी हुने फेसबुकको अडियन्स नेटवर्कमा?

फेसबुको अडियनस नेटवर्कमा सहभागी हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनुपर्छ जस्तै मोबाइल एप वा इन्स्टेन्ट आर्टिकल। मोबाईल एप्स बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो मोबाइल एपमा देखिने बनाएर पैसा कमाउन सकिन्छ यसको लागि मोबाइल एप्स बनाउने ज्ञान र बनाउने एप्समा नयाँ नौलो कुरा हुनुपर्छ ताकी सबैले उक्त एस्स डाउनलोड गरि हरेक दिन चलाउन्।

यस्तै गरि इन्स्टेन्ट आर्टिकल मार्फत पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ। इन्स्टेन्ट आर्टिकल भनेको समाचारका लिंकहरू फेसबुकमा छिटो खुल्ने बनाउनु हो।

जस्तै फेसबुकको मोबाइल एप्सबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइटहरु भन्दा छिटो खुल्छन् र फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछन्। तपाईँसँग कुनै विषयमा लेखन सम्बन्धी ज्ञान छ वा समाचार लेखेर पनि इन्स्टेन्ट आर्टिकल बनाउन सक्नुहुन्छ। यो सजिलो पनि छ। यसको लागि एउटा व्लग वा वेबसाइट र फेसबुक पेज बनाउनुपर्छ।

कसरी बनाउने इन्सटेन्ट आर्टिकल

https://instantarticles.fb.com मा गइ साइनअप गर्नुपर्छ। त्यसपछि आफूले बनाएको फेसबुक पेजलाई सेलेक्ट गरि एक्सेस इन्स्टेन्ट आर्टिकल टुलमा क्लिलिक गर्नुपर्छ।

अब फेसबुकको पब्लिसिङ टुल खुल्ने छ त्यहाँ आफ्नो वेवसाइट वा व्लगलाई कनेक्ट गर्नुपर्छ। त्यहाँ कनेक्ट योर साइट भन्ने मा क्लिक गरेपछि कालो बाकस भित्र एङगल ब्राकेट भित्र कोड देखिन्छ त्यसलाई कपि गर्नुहोस् वेवसाइट वा व्लगर मा राख्नुपर्छ ।

तपाइले शुरुमा १० वटा भन्दा बढी समाचार वा लेखहरु पोस्ट गरिसकेपछि फेसबुकलाई भेरीफिकेसन गर्न पठाउन सकिन्छ।

फेसबुकबाट आफ्नो इन्स्टेन्ट आर्टिकल एप्रुभ भएर आएपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अप्सनमा खाख्नुपर्छ। नेपालमा भएको बैंक खातामा पनि पैसा रिसिभ गर्न सकिन्छ।

आफ्नो इन्स्टेन्ट आर्टिकलमा विज्ञापन देखिने बनाउन एडप्लेसमेन्ट बनाउनु पर्छ उक्त कोड आफ्नो वेबसाइटमा राखेपछि इम्प्रेसन र क्लिकको आधारमा आफ्नो खातामा पैसा जम्मा हुँदै जान्छ। १०० अमेरीकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाईँको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?