Breaking News

प्रहरी हिरासत कक्ष अब सीसी क्यामराको निगरानीमा

Feb Tue 2020 05:40:52

687 views

प्रहरी हिरासत कक्ष अब सीसी क्यामराको निगरानीमा

‘प्रहरी कार्यालयभित्र जस्ता मान्छे पनि आउँछन् । हिरासतमा प्रहरीले मान्छे कुट्यो भन्ने आरोप पनि लाग्छ,’ बालाजु वृत्तका डिएसपी संजिव शर्माले भने, ‘प्रहरी माथि आउने आरोपमा र कार्यालयमा आउनेहरु सबैका लागि सीसी क्यामेराले निगरानी गर्छ । यसले कार्यालय र थनुवा सबैलाई सुरक्षित पनि बनाउँछ ।’

महाराजगञ्ज वृत्तका डिएसपी विश्वमणि पोखरेलले पनि केहि महिना अघि मात्रै हिरासतलाई सीसी क्यामेराले निगरानी गर्ने व्यवस्था मिलाएका छन् । महाराजगञ्ज वृत्तको हिरासत डिएसपीको कार्यकक्षको सामुन्ने छ । त्यसैले थुनुवाको गतिविधि निगरानी गर्न पनि सजिलै छ तर पनि सुरक्षाको लागि सीसी क्यामेरा राखिएको डिएसपी पोखरेल बताउँछन् ।

हिरासतभित्रका थुनुवा र ड्युटीमा खटिने प्रहरीको निगरानी गर्न देशभर हिरासत कक्षमा सीसी टिभी क्यामरा जडान गर्ने तयारीमा नेपाल प्रहरीले तिब्रता दिएको छ । प्रहरी माथि लाग्ने आरोप र थुनुवाहरुको गतिविधि नियाल्न हिरासत कक्षमा सीसी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको एआइजी वित्रानराज शर्माले बताए । काठमाडौंका केही प्रहरी वृत्तमा हिरासतको निगरानी गर्न सीसी टिभी क्यामरा जडान गरिसकिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुले आफ्नो कार्यालय परिसरमा तीनवटा सीसी क्यामेरा राखेको छ । ‘प्रहरी कार्यालयभित्र जस्ता मान्छे पनि आउँछन् । हिरासतमा प्रहरीले मान्छे कुट्यो भन्ने आरोप पनि लाग्छ,’ बालाजु वृत्तका डिएसपी संजिव शर्माले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?