Breaking News

प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय सूचना तथा सञ्चार प्रविधि(आइसिटी) परिषद गठन

Feb Tue 2020 05:40:20

349 views

प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय सूचना तथा सञ्चार प्रविधि(आइसिटी) परिषद गठन

२०७३ बैशाख ३० गतेको मन्त्रिपरिषदको निर्णय अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय सूचना तथा सञ्चार प्रविधि(आइसिटी) परिषदको गठन भएको छ । परिषदमा प्रधानन्त्री अध्यक्ष र सूचना तथा सञ्चार मन्त्री सगै बिज्ञान तथा प्रविधि मन्त्रीलाइ सह अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

यसैगरी राष्ट्रिय योजना आयोगका प्रतिनिधि, मुख्य सचिव र ७ वटा विभिन्न मन्त्रालयका सचिव परिषदको सदस्य रहने व्यवस्था गरिएको छ । यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्री परिषदका सचिव, नेपाल उद्योग बाणिज्य महांघका सूचना प्रविधि समितीका सभापति सदस्य रहेका छन ।

परिषदमा सूचना तथा सञ्चार प्रविधि संघसस्थाबाट आवद्ध २ जना, विश्वविद्यालयबाट दुइ जना, सूचना प्रविधिका विशेषज्ञ २ जना र सूचना प्रविधि क्षेत्रका व्यवसायी तथा उद्यमीबाट २ जना गरि जम्मा २३ जनाको परिषद गठन भएको हो । ICT-council info

परिषदमा सूचना प्रविधिको क्षेत्रका संघसस्थाहरुबाट क्यान महासंघका अध्यक्ष बिनोद ढकाल र तृतिय उपाध्यक्षरोमकान्त पाण्डेको सहभागिता रहेको छ । यसैगरी परिषदमा इन्टरनेट सोसाइटी च्याप्टर नेपालका अध्यक्ष तथा कानुन व्यवसायी बाबुराम अर्याल, उद्योग वाणिज्य महांघका तर्फबाट सञ्जिव राजभण्डारी सदस्य रहेका छन । विश्वविद्यालयका तर्फबाट प्रा. डा शशिधरम जोशी र डा. मनिष पोखरेल सदस्यमा रहेका छन । यसैगरी क्यान मोरङका अध्यक्ष निर्मल तामाङ, व्यवसायी शुरेश कुमार रेग्मी र बसन्त बन पनि परिषदका सदस्य रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?