Breaking News

पत्रकारहरुका लागि साईबर सुरक्षा तालिम सम्पन्न

Feb Tue 2020 05:40:57

1550 views

पत्रकारहरुका लागि साईबर सुरक्षा तालिम  सम्पन्न

डिजिटल नेपाल बनाउने सरकारको योजना सुन्य, सबै निकाय असुरक्षित - डा. रामहरी सुबेदी
नवलपुर २८ मंसिर २०७६
नवलपुरका पत्रकारहरुका लागि साईबर सुरक्षा सम्बन्धी एक दिने तालिम कावासोतीमा सम्पन्न भएको छ । सायरा मिडिया एण्ड ईभेण्ट्स ले पत्रकारहरुका लागि आयोजना गरेको सो तालिममा ईन्टरनेको प्रयोग गर्दा अपनाउनुपर्ने साबधानी बारे प्रक्षिक्षक प्राध्यपक डाक्टर रामहरी सुबेदीले प्रष्ट पार्नु भएको थियो । सुवेदी ले अहिलेको डिजिटल युगमा इन्टरनेट को प्रयोग बिना काम गर्न नसकिने अबस्था रहेको भन्दै ईन्टरनेटको प्रयोग गर्दा ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले ईन्टरनेटको प्रयोग गर्दा साबधानी न अपनाए कसरी ब्यक्तिगत डाटाहरु चोरी हुन्छन् भन्ने बारेमा प्रष्ट पार्नुभएको थियो ।
ईन्टरनेटको धेरैभन्दा धेरै लिंकहरुको प्रयोग गरिरहनुपर्ने सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई लक्षित गरि सञ्चालन गरिएको यो तालिम साईवरमा हुने अपराधबाट बच्ने वा सुरक्षित हुने बिषयमा अत्यन्त उपयोगी तालिम रहेको सायरा मिडियाका अध्यक्ष एबम् प्रबन्धक निर्देशक रमेश बस्ताकोटीले बताउनुभयो ।
बस्ताकोटीले यो नवलपुरमा यो किसिमको पहिलो तालिम भएकाले पत्रकारका लागी यो तालिम अत्यन्त प्रभाबकारी भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट ले तालिम अत्यन्त प्रभाबकारी भएको भन्दै यश किसिमको तालिमले पत्रकारहरुको दक्षतामा वृद्धि हुने बताउनुभयो । उहाँले साईबर सुरक्षाका बारेमा पत्रकारहरु कम जानकार रहेकाले यश किसिमको तालिम देशभर संचालन गर्न आबश्यक रहेको बताउनुभयो । तालिममा सहभागी नवलपुर एफ एम का प्रबन्ध निर्देशक मुना दाहाल ले तालिम पत्रकारहरुका लागि उपयोगी भएको भन्दै आभार प्रकट गर्नु भयो । तालिममा सहभागी पत्रकार महासंघ नवलपुर का उपाध्यक्ष श्रीराम सिग्देलले तालिम बाट धेरै कुराको जानकारी हासील भएको बताउनुभयो ।
सायरा मिडिया एण्ड ईभेण्ट्स का अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुर जिल्लाका ४० जनाभन्दा बढी सञ्चारक्षेत्रमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?