Breaking News

फेसबुक अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने

Feb Tue 2020 05:40:19

1609 views

फेसबुक अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने

सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ । अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनै पर्ने भएको छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन र फोनबाटै खोल्न मिल्थ्यो । 

फेसबुकका प्रवक्ताले बेन्चरबीटलाई दिएको जानकारी अनुसार यो नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै हो । पहिले नै अकाउन्टबिना नै म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यसले असर गर्ने छैन ।  

यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली विकासको तयारी पनि गर्दैछ । फेसबुकले पहिले नै बताइसकेको छ कि म्यासेन्जर, इन्टाग्राम र ह्वाट्एपमा ‘क्रस प्लेटफर्म म्यासेजिङ’को अप्सन दिइनेछ । अर्थात् यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?