Breaking News

फेसबूकमा भेटिने १४ चरित्रका मान्छेहरु

Feb Tue 2020 05:40:33

595 views

फेसबूकमा भेटिने १४ चरित्रका मान्छेहरु
  • गुँरास गिरी

फेसबुक एउटा यस्तो सामाजिक सञ्जाल हो । जहाँ हजारौ स्वभाव र चरित्र भएका व्यक्तिहरुको प्रोफाइल र चरित्र खुल्ला रुपमा देख्न हेर्न र पढ्न पाइन्छ । जो जहाँ रहे पनि सामाजिक फेसबुक सञ्जालमा आफूले गरेका गतिविधिहरु पोष्ट नगरी बस्नै नसक्ने अवस्था छ । फेसबुक सामाजिक सञ्जालमा देखिने १४ प्रकारका मान्छेहरुको स्वभाव चरित्र र स्टाटस पोटको बारेमा गुँरास गिरीको रिपेर्ट यस्तो छ ।

अरुको स्टाटस राम्रो लागे शेयर गर्नु पर्छ, नत्र स्रोत खुलाएर कपी गर्नु राम्रो । कतिपय मान्छे यस्ता हुन्छन कि आफुलाई मन परेको स्टाटस चाहे जसको होस् लाजै नमानी चोर्छन ।

मिस्टर नेगेटिभ : यो बर्गमा पर्ने मान्छेहरु सधैं अरुको आलोचना र गाली मात्र गरेर स्टाटसहरु लेख्छन । शेरे चोर, ओली फटाहा, गगन यस्तो, प्रचण्ड उस्तो आदी । साथै अरुको पोस्ट्मा पनि सधैं नकारात्मक कमेन्ट गर्छन: गोली हान्दे, फाँसी दे, काटी दे आदी । यस्ता मान्छेलाई फेसबूकबाट हटाइदिनुहोस्, किनकी फेसबूक पनि एउटा समाज हो जहाँ खराब ब्यक्तिको संगतले हामीमा पनि खराब प्रभाव पर्छ।

मिस्टर गुनासो : यो कोटिका मान्छेहरु सधैं गुनासो गर्छन्। बिजुली गयो उफ्फ, मोबाइलमा चार्ज सकियो उफ्फ, गर्मी भयो उफ्फ, पेट दुख्यो उफ्फ, पानी आयो उफ्फ, हावा चल्यो उफ्फ । यस्ता कुराले तपाईंको पनि मनस्थितिमा प्रभाव पार्ने भएकोले यस्ता मान्छेलाई फेसबूकबाट हटाउदा नै बेस हुन्छ ।

अवस्था कुमार : यो बर्गमा पर्नेहरुले जे काम गरे पनि फेसबूकमा हाजिर गरी हाल्छन । खाँदै गरेको अवस्था, पिउदै गरेको अवस्था, सुत्न लागेको अवस्था , निदाएको अवस्था, कुन दिन सपना देख्दै गरेको अवस्था लेख्न बेर छैन । यस्ता मान्छेहरुलाई नहटाउदा पनि हुन्छ , कहिलेकाही हास्ने मौका मिल्छ ।

बिजनेस लाल : यो कोटिमा पर्ने मान्छेहरुले सधै फेसबूकमा आफ्नो बिजनेसको प्रचार मात्र गरिरहेका हुन्छन् । मेरो स्कुल यस्तो, मेरो होटल यस्तो, मेरो कन्सल्टेन्सीमा आउनु , मेरो ट्रैनिङ सेन्टर यस्तो आदी । हुन त सामाजिक सन्जालबाट व्यावसायिक फाईदा लिनु राम्रो हो तर सधै त अरुलाई पनि वाक्क लाग्छ नि हउ । (कुरो)

मिस्टर क्यान्डी क्रश : कहिले काही तपाईंलाई नोटिफिकेशन आउछ अनी खोलेर हेर्दा फलानो invited you to play candy crush भन्छ । यदी यस्तो आयो भने त्यो व्यक्तीलाई सिधै ब्लक नगरनुहोला किनकी त्यो भाईरसले गर्दा पनि हुनसक्छ ।

सनसनी प्रसाद : यस्ता मान्छेहरुलाई सनसनीपूर्ण हल्ला फैलाउन खुब मन पर्छ। कुनै ठाउँमा गाडी पल्टेर दुई जना घाइते भएका छन भने “दुई दर्जन मरे” भनेर लेख्छन , कुनै सडक दुर्घटनामा बिभत्स रगत र मरेको लासहरुको फोटो खोजी खोजी शेयर गर्छन्। एउटा घर आगोले जलेको छ भने पुरै गाउँ आगोले सखाप भन्दै लेख्छन । कहिले काँही त ठिकै हो तर सधैं यस्ता सामाग्री शेयर गर्ने मान्छेहरुलाई फेसबूकबाट हटाएको राम्रो किनकी नराम्रो समाचारले तपाईंको पनि दिन खराब हुन्छ ।

मिस्टर चियोचर्चो : यस्ता मान्छेहरू आफुले फेसबुकमा कुनै अपडेट गर्दैनन तर अरुका प्रोफाइल र फोटाहरु खोजी खोजी हेर्छन । अरुकै बारेमा चियो गर्न उनिहरुले फेसबूक बनाएका हुन्छन् । चाहे जतीसुकै राम्रो स्टाटस र फोटो राख्नुहोस् , उनिहरुले Like , Comment गर्लान भनेर आश नगरे हुन्छ ।

उपस्थिती लाल : यो वर्गमा पर्ने मान्छेहरुलाई आफु अहिले कुन ठाउँमा छु र कहाँ जाँदै छु अरुलाई भनिहल्नु पर्ने हुन्छ । Going to Delhi, Going to Nepalgunj ,Enjoying at Dhulikhel ,Travelling to pokhara । कहिले कही त ठिकै हो तर सधैं यसरी आफु कहाँ के गर्दै छ भन्ने बारेमा फेसबूकमा राख्दा तपाईंका दुस्मनलाई तपाईंका बिरुद्दमा योजना बनाउन सजिलो हुन्छ र तपाईं असुरक्षित हुनुहुन्छ भनेर प्रहरी प्रशासन भन्छ । यसर्थ सधै यसो नगरेको राम्रो ।

लाइक बहादुर : यो बर्गका मान्छेहरू तपाईंका डाइहर्ट फ्यान हुन्छन। तपाईंले जे जस्तो फोटो र स्टाटस राखे पनि हेर्दै नहेरी लाइक गर्छन् । तर एक चोटि तपाईंसँग रिसाए भने तपाईंलाई फर्केर हेर्दैनन् ।

सेल्फी कुमारी : यो बर्गमा प्राय: केटीहरु पर्छन । उनिहरुले सधैं सेल्फी मात्र अपलोड गर्छन् । लिपिस्टिक लायो सेल्फी, खान खायो सेल्फी, सुत्न थाल्यो सेल्फी , एउटाले त लाससँग पनि सेल्फी खिच्या देखेको मैले । मान्छेहरु किन यतिका सेल्फी खिच्दा रैछन् भनेको त यो सजिलो हुने रहेछ र पो रहेछ, तनक्क एउटा हात तान्यो, बङ्गुरलेझै थुतुनो तान्यो, खिचिक्क पार्यो, सकियो । तर कहिलेकाही राखेको चै राम्रै हुन्छ है ।

उपदेश बाबा : यो कोटिका मान्छेहरू आफ्नो जीवन जस्तोसुकै भएपनी फेसबूकमा भने उपदेश दिन्छन । खुशी हुनुपर्छ, सकारात्मक हुनुपर्छ, मुस्कुराउनु पर्छ आदी । कुनै राम्रो कोटेशन, राम्रो कहानी पायो कि फेसबूकमा राखी हाल्छन । (यसमा त आफु नै परियो जस्तो छ ।)

सहानुभुति भोगी : यस्ता मान्छेहरु फेसबूक मार्फत सहानुभुतिको याचना गरिरहेका हुन्छन । जस्तो कि: टाउको दुखेर मर्न लागेँ, पेट दुखेर मर्ने भएँ। टाउको दुखे, पेट दुखे अस्पातल पो जानु , सिटामोल- हाज्मोला पो खानु। फेसबूकमा लेखेर ठीक हुन्छ त ? मैले देखेको एउटाले त “पिलो आएको अवस्था” भन्दै पिलोको फोटो खिचेर राखेको मेरो पालो ठाउको ठाउँ ब्लक गर्दिएँ ।

मिस्टर कामदेव : यस्ता मान्छेहरु सधैं फेसबूक मा अस्लील र कामुक सामाग्रीहरू शेयर गर्न रुचाउछन । अर्चनाको निलो फिल्म, तिर्सनाले देखाइन तिघ्रा, रेखाले देखाइन पिडौला आदी । यस्ता मान्छेहरूलाई बेलैमा हटाएको राम्रो नत्र परिवारसँग बसेर फेसबुक चलाउन पनि डराउनु पर्छ ।

र अन्त्यमा बोनस चोर कुमार : अरुको स्टाटस राम्रो लागे शेयर गर्नु पर्छ, नत्र स्रोत खुलाएर कपी गर्नु राम्रो । कतिपय मान्छे यस्ता हुन्छन कि आफुलाई मन परेको स्टाटस चाहे जसको होस् लाजै नमानी चोर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?