Breaking News

एप्पलले ७ इन्च स्क्रीन भएको होमपड सार्वजनिक गर्दै

Mar Mon 2023 03:28:46

376 views

एप्पलले  ७ इन्च स्क्रीन भएको होमपड सार्वजनिक गर्दै

एप्पलले सन् २०२४ मा ७ इन्चको स्क्रीन भएको होमपड सार्वजनिक गर्ने भएको छ । एप्पलको चर्चित विश्लेषक मिङ चु कुओका अनुसार एप्पलले सन् २०२४ मा ७ इन्चको स्क्रीन भएको होमपड सार्वजनिक गर्ने भएको हो ।

यस होमपडको डिस्प्ले चिनियाँ सप्लायर टियानमा कम्पनीले बनाउने भएको छ । एप्पलले आइप्याड र स्पीकरलाई जोडेर एउटा डिभाइस सार्वजनिक गर्न लागेको भनेर यसभन्दा पहिलेपनि कुओेले भनेका थिए ।

होमपडभनेको एप्पल इन्कले विकास गरेको स्मार्ट स्पीकर हो र यो गूगलको नेस्ट हबको प्रतिस्पर्धीको रुपमा हुनेछ । यही वर्ष जानवरीमा समेत एप्पलले सेकेण्ड जेनेरेशन होमपड सार्वजनिक गरेको थियो तर अब यो स्मार्ट स्पीकर डिस्प्ले सहित सार्वजनिक हुने भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?