Breaking News

भिभो वाई १५सी को नयाँ सिरिज स्मार्टफोन नेपाली बजारमा सार्वजनिक : फिचरसहित

Aug Sat 2022 09:40:37

543 views

भिभो वाई १५सी को नयाँ सिरिज स्मार्टफोन नेपाली बजारमा सार्वजनिक : फिचरसहित

भिभोले आज वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई१५सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचूर विशेषताहरु भएको स्मार्टफोनहरू र विभिन्न मूल्य दायराहरूमा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो । 

सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसंग मिल्ने र दिनभरी निर्बोध रुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र “अन द गो” उपभोक्ताहरूको जीवनशैली अनुरूप वाई१५सी लाई डिजाइन गरिएको हो । 

भिभो नेपालका सीईओ माइकलले युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको बताए । उनले वाई शृङ्खलाका स्मार्टफोनहरू “अन द गो” मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको बताए । साथै उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई१५सी सधैं अमूल्य साथी साबित हुने उनको भनाई छ ।

कमपनीका अनुसार वाई१५सी मा १३एमपी एआई डुअल क्यामेरा र २एमपी सुपर क्याक्रो क्यामेरा सेटअप जसबाट उच्चस्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ । वाई१५सी मा ५०००एमएएच ब्याट्री छ जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ । वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ ।  

आकर्षक रंगहरू तथा विशेषताहरुमा वाई१५सी दुईवटा आकर्षक रंगहरूमा मिस्टिक ब्लू र वेभ ग्रीनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा १७ हजार ९९९ रुपैयाँमा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?