Breaking News

भिभो वाई २० को मूल्य मात्र २०,९९९ मा

Jul Sat 2022 02:35:46

416 views

भिभो वाई २० को मूल्य  मात्र २०,९९९ मा

भिभोले वाई२० सिरिजको ४जीबी प्लस ६४जीबी भेरियन्टमा १८०० ले मूल्य घटाएको छ । यो स्मार्टफोनको नयाँ मूल्य रु २०,९९९ कायम भएको छ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई२० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरु र प्रविधिहरूको आनन्द लिन सक्ने भिभोले जनाएको छ ।

भिभोले आफ्ना उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउँन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरु प्रदान गर्दै आएको छ । प्रयोगकर्ताहरुबाट भिभोले धेरै माया र समर्थन पाइरहेको समेत दाबी गरेको छ । ब्रान्डले आफ्ना उत्पादनहरूमा ग्राहकहरूको आवश्यकता अनुरूप समय–समयमा मूल्य परिमार्जन गर्दै आएको छ ।

वाई २० मा १३ एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरु खिच्न सक्छन् । वाई२० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरु पनि छन् ।

यसको साथै, वाई२० मा ५०००एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि रहेको छ । एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिन्छ । ४ जीबी र्याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि उपयुक्त विकल्प हुन सक्छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?