Breaking News

फेसबुकमा मूड अफ बनाउने तस्विरलाई यसरी ब्लक गर्नुहोस्

Feb Tue 2020 05:40:47

392 views

फेसबुकमा मूड अफ बनाउने तस्विरलाई यसरी ब्लक गर्नुहोस्

फेसबुकमा मूड अफ बनाउने तस्विरहरुबाट तपाइले मुक्ति खोजीरहनुभएको छ ? चिन्ता नर्गनुहोस् ।

त्यस्ता अनावश्यक तस्विरहरुसँग सम्बन्धित ब्यक्तिलाई नै तपाइले अनफलो गर्नुभयो वा उसको पोष्टलाई म्यूट गर्नुभयो भने अनावश्यक तस्विरहरु तपाइको वालबाट आफैँ हट्छन् ।

त्यति गर्दा पनि नभए तपाइलाई हैरान गर्ने व्यक्तिलाई तपाईले अनफ्रेण्ड गर्न सक्नुहुनेछ । अझ ब्लक नै गर्नुभयो भने उसले चाहेर पनि तपाईलाई साथी बनाउन सक्ने छैन ।

तर डेलीमेलका अनुसार फेसबुकले तत्कालै यह नयस्ता समस्या समाधानका लागी नयाँ विकल्प ल्याउने तयारी गर्दैछ ।

जसबाट तपाईले साथीहरुले तपाइलाई ट्याग गरेका र तपाइलाई हेर्न वा देख्न मन नलागेका त्यस्ता तस्विरहरुलाई सजिलै ब्लक गर्न सक्नुहुनेछ । जसबाट तपाईलाई चाहीने पोष्टहरु भने सुरक्षीत नै हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?