Breaking News

यौन तथा प्रजनन स्वास्थ्य एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

Feb Wed 2020 02:40:27

603 views

यौन तथा प्रजनन स्वास्थ्य एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न
  • गणेश सुवेदी, काठमाण्डौं

मेरी स्टोप नेपालको आयोजना र अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा अपाङ्गता भएका युवाहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य एवं जनचेतना मुलक कार्यक्रम काठमाण्डौमा सम्पन्न भयो । सो कार्यक्रममा प्रयत्न नेपालकी अध्यक्ष सरीता लामिछानेले मेरीस्टोपले अपाङ्गता भएका व्यक्तिहरुको लागि पनि ७५ वटै जिल्लामा घुम्ति शिविर सञ्चालन गरेर सेवा दिनु पर्ने बताउनु भयो । त्यसै गरी नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले जाहाँ जाँहा अपाङ्गता भएका व्याक्तिहरु भएको ठाँउमा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिनु पर्ने कुरामा जोड दिनुभयो । सो कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले मेरी स्टोप नेपालले अपाङ्गता भएका व्यक्तिहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य एवं जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिनु भयो । त्यसै गरी नेत्रहिन युवासंघका महासचिव रामचन्द्र गैरेले मेरीस्टोले मोबायल क्लिनिक सञ्चालन गर्ने र यसमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा दिनु पर्ने भनि निर्देशिका बनाउनको लागि सुझाव संकलन गर्न जरुरी रहेको बताउनु भयो । सो कार्यक्रममा दृष्टिविहीन तथा बहिरा युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?