फेसबुकले सार्वजनिक गरेको सन् २०१९ को वार्षिक प्रतिवेदन अनुसार सन् २०१९ को डिसेम्बर सम्ममा फेसबुकमा २७ करोड ५० लाख डुप्लिकेट अकाउन्ट रहेका छन् ।यो भनेको सन् २०१८ को डिसेम्बर ३१ भन्दा ८ प्रतिशतले बढी हो । सन् २०१८ को तुलनामा भारत, इण्डोनेसिया र फिलिपिन्समा फेसबुक प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ’, फेसबुकले आफ्नो प्रतिवेदनमा भनेको छ ।
रिपोर्ट अनुसार फेसबुकका मासिक सक्रिय प्रक्रियोकर्ताको ११ प्रतिशत डुप्लिकेट अकाउन्ट रहेका छन् । भियतनाम तथा फिलिपिन्सलगायतका विकासशील देशमा यस्ता डुप्लिकेट अकाउन्टको संख्या बढिरहेको फेसबुकले जनाएको छ ।
फेसबुकका अनुसार कुनै पनि एकजना प्रयोगकर्ताले आफ्नो मूल फेसबुक अकाउन्ट बाहेक खोलेका अन्य अकाउन्टहरुलाई डुप्लिकेट अकाउन्टको सूचीमा राखिएको छ ।
2 years ago