Breaking News

जागिर छोड्न चाहनेलाई नेपाल टेलिकमले ४० लाखदेखि १ करोडसम्म दिने योजना ल्यायो

Feb Tue 2020 05:40:27

280 views

जागिर छोड्न चाहनेलाई नेपाल टेलिकमले ४० लाखदेखि १ करोडसम्म दिने योजना ल्यायो

टेलिकम श्रोतका अनुसार टेलिकममा शैक्षिक योग्यता कम भएका र प्राविधिक दक्षता पनि नभएका कर्मचारीलाई लक्षित गरेर नेपाल टेलिकमले जागिर छोड्न चाहने कर्मचारीलाई स सम्मान बिदाई गर्ने भएको छ । टेलिकमले कम्पनीमा कार्यरत १८ सय १४ जना कर्मचारी कटौती गर्ने योजना अनुसार २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वेच्छिक अवकाश कार्यक्रम अन्तर्गत बिदाई गर्न लागेको हो । टेलिकममा अहिले कार्यरत ५ हजार २ सय कर्मचारी मध्ये १ हजार ८ सय जनालाई टेलिकमले अवकाश दिने योजना ल्याएको हो । स्वेच्छिक अवकाश योजनामा सहभागी हुने कर्मचारीले न्युनतम ४० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म पाउनेछन् । सेवा अवधि ६ महिना भन्दा कम बाँकी रहेका बाहेक २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी यो योजनामा सहभागि भई बाहिरिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?