Breaking News

पहिलो एसएमएस म्याटी मेक्नन को कन्सेप्ट

Feb Tue 2020 05:40:45

224 views

पहिलो एसएमएस  म्याटी मेक्नन को कन्सेप्ट

एस एम एसका पिता म्याटी र एस एम एसको कथा रोचक छ । सन् १९८५ मा शोधकर्ता पि|mडहम हिलब्रांड र उनको टोलीसँग मिलेर म्याटीले एस एम एस प्रविधिमा चुपचाप काम सुरु गरे । त्यसपछि सन् १९९२ मा पहिलोपटक मोबाइलमा एस एम एस पठाउन सफल भए । सन् १९९४ मा नोकिया कम्पनीले पहिलोपटम मेसेज टाइपिंग गर्न मिल्ने फोन बजारमा ल्याएसँगै एस एम एस विश्वभर नै लोकपि्रय बन्यो ।

मेसेज पठाउने त्यो सेवा भलै एसएमएसको नामबाट लोकपि्रय बन्यो तर म्याटीले यसको नाम मेसेज ह्यान्डलिंग सर्भिस राखेका थिए । उनले यसलाई कम शव्दमा सन्देश पठाउने माध्यम ठानेका थिएनन् । उनका अनुसार यो सेवा भाषाको विकाशको नयाँ तरिका थियो । म्याटीले आफैले विकाश गरेको यो प्रविधिबाट पैसा कमाउन भने सकेनन् । किनकी उनले यो प्रविधिको पेटेन्ट अधिकार दर्ता गराएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?