Breaking News

फेसबुक चलाउदा यसरी ठगीमा पर्नुहोला !

Feb Wed 2020 02:40:16

500 views

फेसबुक चलाउदा यसरी ठगीमा पर्नुहोला !

सिआईबीको यस्तोअनुरोध !

फेसबुकमार्फत ठगी बढेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले फेसबुक प्रयोगकर्ताहरुलाई  सर्तकर्ता अपनाउन अनुरोध गरेका छन् । अपरीचीत व्यक्तिहरुसँग साथी नबन प्रहरीले आग्रह गरेको छ । सिआईबीको सूचनामा भनिएको छ । ‘अपरिचितको फ्रेन्ड रिक्वेष्ट स्वीकारेपछि  आत्मियता बढाउदै जाने र सो क्रममा माया प्रेमको नाटक गर्ने, बिदेशमा राम्रो जागिर लगाईदिने भनी प्रलोभन देखाउने चिट्टा वा गोलाप्रथा परेको भनी सन्देश पठाउने, आफन्त तथा साथीभाईको समस्या देखाई पैसा माग्ने, सस्तो वा सहुलियत ऋणको प्रचार गर्ने तथा विभिन्न नेटवर्किङ व्यवसायमा आवद्ध गर्ने, भारत लगायतका अन्य मुलुकका अध्यागमन कार्यालयमा तपाईको पार्शल आएको छ, कर नतिरेको हुँदा पार्शल रोकिएको छ भनी पार्शलको फोटो पठाउने तथा सो बापत कर तिर्नुपर्छ भनी आइएमई मार्फत नेपाल भित्र तथा भारतका विभिन्न आइएमईमा पैसा हाल्न लगाई ठगी गर्ने गिरोह सक्रिय भई ठगी गरिरहेको सूचना उजुरी विभिन्न प्रहरी कार्यालयहरु तथा केन्द्रीय अनुसन्धान व्यूरोमा समेत आइरहेको हुँदा यस्ता किसिमका प्रलोभनमा नपरी ठगी हुनबाट बच्न सम्पूर्ण आम नागरिकमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले हार्दिक अनुरोध गरेको छ ।

 साथै कोही कसैले उल्लेखित प्रलोभन देखाएमा वा कोही उपर शंका लागेमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान व्यूरोको फोन नम्वर ०१४४११७७६ वा ९८५१२८३१४० मा सम्पर्क गर्नुहुन वा व्यूरोको इमेल ठेगाना  cib@nepalpolice.gov.np मा पठाउन समेत अनुरोध  गरेका छ ।  बिदेशी केटाहरुले फेसबुकबाट चिनजान गरी प्रेमको नाटक गरेर नेपाली युवतीहरुलाई ठगी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?