Breaking News

प्रविधिमा एलनको अर्को फड्को ! अब मानिसको दिमागमै चिप लाग्ने

Jun Sat 2023 01:45:32

348 views

प्रविधिमा एलनको अर्को फड्को ! अब मानिसको दिमागमै चिप लाग्ने

एलन मस्कको अर्को कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप जडान गर्ने भएको छ । मानिसमा यस्तो परीक्षण गर्नका लागि न्युरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति प्राप्त भएको हो । यो सँगै अब न्युरालिंकले मानिसको दिमागमा चिप लगाएर मानव परीक्षण गर्न सक्नेछ । यसअघि न्युरालिंकले बाँदरको मष्तिष्कमा चिप जडानको सफल परीक्षण गरेको थियो ।

न्युरालिंकले यस्तो स्वीकृतिका विषयमा ट्वीट पनि गरेको छ । उसका अनुसार एफडीएको अनुमति यस्तो महत्वपूर्ण कदम हो जसले भविष्यमा कम्पनीको सो प्रविधिबाट धेरै मानिसलाई सहयोग गर्ने मार्ग प्रसस्त गर्नेछ । यद्यपि न्युरालिंकले आफ्नो आगामी योजनाका बारेमा भने केही पनि उल्लेख गरेको छैन ।


न्युरालिंकको यो मष्तिष्क प्रत्यारोपण प्रविधि विभिन्न अर्थमा निकै उपयोगी सावित हुनेवाला छ । मष्तिष्कमा चिप लगाएर विभिन्न बिरामीहरुलाई ठूलो सहयोग गर्न सकिन्छ । यदि यो ट्रायल सफल भएमा बोल्न नसक्ने तथा दिमागी रुपले असक्षम मानिसहरुका अलवा पक्षघात भएका विरामीहरुका लागि समेत बरदान सावित हुनेछ ।


एलन मस्कलाई आफ्नो यो प्रविधिप्रति यतिधेरै भरोसा छ कि गतवर्ष उनले आफ्नो बच्चाको मस्तिष्कमा समेत यहीँ चिप लगाउन तयार भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?