Breaking News

अब ट्वीटरबाटै भ्वाइस र भिडियो कल गर्न सकिने

Jun Sat 2023 02:22:33

259 views

अब ट्वीटरबाटै भ्वाइस र भिडियो कल  गर्न सकिने

एलन मस्कले अर्को सबैभन्दा महत्वपूर्ण घोषणा पनि गरेका छन् । जस अनुसार अब ट्वीटरमा निकट भविष्यमै भ्वाइस तथा भिडियो कल पनि गर्न सकिनेछ । मस्कले भनेका छन्– यो फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् ।

 ट्वीटरका अनुसार यसको डाइरेक्ट मेसेज अर्थात् डिएम फिचरमा अत्यन्तै आवश्यक ठानिएको परिवर्तन गरिँदैछ जस अन्तरगत डिएमभित्र डिएम रिप्लाइज फिचर थपिनेछ । यसबाट प्रयोगकर्ताले आफ्नो ट्वीटरमा कसैले पठाएको डाइरेक्ट मेसेजको जवाफ दिन सक्दछन् । यसले ट्वीटरमा हुने संवादलाई सरल तथा सहज बनाउनेछ ।

अहिले ट्वीटरको डिएममा कुनैपनि खास मेसेजलाई नै थिचेर त्यसको मात्र रिप्लाई दिन सकिने सुविधा छैन र सोलोडोलो डिएममै जवाफ लेख्नु पर्दछ ।

यसका साथै ट्वीटरको डिएममा इमोजी छान्ने नयाँ टुल पनि थपिएको छ । जसबाट प्रयोगकर्ताले डिएममा सहजै इमोजी छानेर पठाउन सक्दछन् ।

यस विषयमा ट्वीट मार्फत् जानकारी गराउँदै एलन मस्कले अब निकट भविष्यमै डिएममा हुने संवादहरु इनक्रिप्सन मार्फत् सुक्षित हुने पनि बताएका छन् । जसका कारण तेस्रो पक्षले ट्वीटरमा हुने संवाद हात पार्न सक्नेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?