Breaking News

अबको प्रविधि क्यान्टम कम्प्युटिङमा: के हो क्यान्टम थ्योरी ?

Jun Sat 2023 01:59:12

385 views

अबको प्रविधि क्यान्टम कम्प्युटिङमा:  के हो क्यान्टम थ्योरी ?

कम्प्युटरको आविष्कार भएको पाँच दशक पुगिसक्दै गर्दा उपभोक्तामैत्री गति, आकार र अन्य सुविधा कम्प्युटर प्रणालीान थपिँदा छन् । तर, बिस्तारै हुँदै गरेको कम्प्युटिङको विकासक्रमले अब ठुलो छलाङ मारेको छ । अब सूचना प्रविधिको युग क्यान्टम कम्प्युटिङले डोर्‍याउने देखिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार क्वान्टम कम्प्युटिङले अहिलेका सुपर कम्प्युटरहरूको डेटा प्रशोधन क्षमता (प्रोसेसिङ पावर) लाई निकै पछि पार्न सक्छ । क्यान्टम कम्प्युटिङमा विश्वभरका वैज्ञानिकले अनुसन्धान गरिनै रहेका छन् । यसबीच चीनले यसको सफल प्रयोग गरेको पुष्टि गरेको छ । चिनियाँ वैज्ञानिकहरूले विश्वकै पहिलो क्वान्टम कम्प्युटिङ मेसिनको निर्माण गर्न सफलता पाएका छन् ।

भौतिक शास्त्रको क्वान्टम सिद्धान्तमा आधारित भई विकास गरिएको क्वान्टम कम्प्युटिङ मेसिनले अहिले विश्वभर उपलब्ध प्रविधि क्षेत्रका सुपर कम्प्युटरको तुलनामा २४ हजार गुणाले तीव्र गतिमा काम गर्छ ।

के हो क्यान्टम थ्योरी ? 

क्वान्टम थ्योरी (सिद्धान्त) आधुनिक भौतिकी (फिजिक्स) मा आधारित सिद्धान्त हो । यसले प्रकृति एवं वस्तुको व्यवहार र आणविक तथा उपआणविक तहमा ऊर्जाको विषयमा व्याख्या गर्छ । प्रकृति एवं वस्तुको व्यवहार र ऊर्जालाई त्यो तहमा कहिलेकाहीँ क्वान्टम भौतिक र क्वान्टिम मेक्यानिक्सको रूपमा बुझिने गरिन्छ । सन् १९०० मा भौतिकशास्त्री म्याक्स प्लान्कले जर्मन फिजिकल सोसाइटीमा आफ्नो क्वान्टम सिद्धान्त प्रस्तुत गरेका थिए । प्लान्कले कुनै चम्किलो वस्तु रातोबाट सुन्तले रङ्गमा कसरी विकिरण भएर (रेडिएसन) भएर जान्छ र अन्तमा नीलोमा भएर जान्छ, जतिखेर तापक्रम बढ्छ, त्यसको कारण पत्ता लगाउन खोजेका थिए ।

ऊर्जा हरेक एकाइहरूमा अवस्थित रहन्छ जसरी वस्तुले काम गर्छ भन्ने प्रस्थापना राख्दै उनले पत्ता लगाए । यो प्रस्थापना अघि इलेक्ट्रोम्याग्नेटिक तरङ्ग एक अचर हुन्छ भन्ने प्रस्थापना थियो । आफ्नो प्रश्नको खोजीका लागि उनले गरेको प्रयत्न गरे । यी एकाईहरूको अस्तित्वलाई पहिलो क्वान्टम थ्योरीको प्रस्थापनाको रूपमा बुझियो । प्लानकले ऊर्जाका हरेक एकाईहरूलाई दर्साउन एक गणीतिय समीकरणको विकास गरे । जसलाई उनले क्वान्टा भने । यो समीकरणले त्यसलाई राम्ररी व्याख्या गर्छ । प्लान्कले निश्चित बेग्लाबेग्लै तापक्रमको स्तरमा कुनै चम्किलो वस्तुको ऊर्जाले रंगपुञ्जका विभिन्न क्षेत्रलाई ग्रहण गर्छ भन्ने विषय पत्ता लगाए । प्लान्कले परिकल्पना गरे कि क्वान्टाको खोजबाट अझ सिद्धान्तको उदय हुनेछ । यसले प्रकृतिको नियमलाई बुझ्न पूर्णरूपमा नयाँ तथा मौलिक बुझाइलाई विकास गर्नेछ । प्लान्कलाई १९१८ मा भौतिक पुरस्कारबाट सम्मानित गरियो । यसै सिद्धान्तलाई पछिल्लो सफलताले कम्प्युटिङमा प्रयोग गर्ने बाटो खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?