Breaking News

फेसबुकमा फेक एकाउन्ट चलाउदैहुनुहुन्छ ? सिधै जेल जानु पर्ला

Feb Tue 2020 05:40:14

923 views

फेसबुकमा फेक एकाउन्ट चलाउदैहुनुहुन्छ ? सिधै जेल जानु पर्ला
सूचना तथा सञ्चार मन्त्रालयले फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट खोल्नेमाथि कडा निगरानी राखेको छ ।फेक एकाउन्ट सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ ।पुस १७ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले प्यारोडी एकाउन्ट चलाउने कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । ट्वीटर, फेसबुक लगायत सामाजिक सञ्जालमा प्यारोडी एकाउन्ट खोल्नेलाई बेलैमा पहिचान गरी कारबाही नगरे देशको स्थिति भयावह हुनेछ, बेलैमा ध्यान जावस् भन्ने गुनासो हेलो सरकारमा गरिएको थियो ।सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई र नेताहरू रामशरण महत, गगन थापालगायतका प्यारोडी एकाउन्ट चर्चित छन् ।ट्वीटरले एकाउन्टको परिचयमा प्यारोडी, फेक, फ्यान वा कमेन्ट्री भनेर स्पष्ट जनाई वास्तविक ह्यान्डलसँग हुबहु नहुने गरी एकाउन्ट को नाम राखेर प्यारोडी एकाउन्ट चलाउन दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?