Breaking News

पक्राउ परेका एमाओवादीका सांसद ल्हारक्याल लामाले बोक्ने १७ मोवाइलभित्र को को सम्पर्कमा ?

Feb Tue 2020 05:40:29

469 views

पक्राउ परेका एमाओवादीका सांसद ल्हारक्याल लामाले  बोक्ने १७ मोवाइलभित्र को को सम्पर्कमा ?

बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल लामाका थप रहस्यमय घटना सार्वजनिक हुन थालेका छन् । २०४७ सालमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई रिझाएर गुम्वा ब्यवस्थापन समितिको अध्यक्ष बनेका लामा एमालेका पुर्वअध्यक्ष झलनाथ खनाललाई रिझाएर राज्यमन्त्री समेत बने । पछिल्लो समय एकीकत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रिझाएर सांसद बनेका लामाले १७ वटा मोवाइ बोक्ने गरेको रहस्य खुलेको छ ।

उनले नमस्ते र एनसेल कम्पनीका छुट्टा छुट्टै सिमकार्ड प्रयोग गरी १७ वटा मोवाइल प्रयोग गर्ने गरेका थिए । फरक फरक पार्टीका नेता र फरक फरक ब्यक्तिसँग सम्पर्क गर्न उनले फरक –फरक नम्वर प्रयोग गर्दथे । परिवाजन र आफ्न्तका लागि प्रयोग गरिने मोवाइल समेत उनको फरक सिमकार्डको थियो ।

लामाले नेपाली कांग्रेसका नेताहरुसँग सम्पर्क गरेको मोवाईलबाट एमाले नेताहरुसँग सम्पर्क गर्दैन्थे । एमाले नेताहरुलाई सम्पर्क गर्ने मोवाइलबाट एमाओवादी नेताहरुसँग सम्पर्क गर्दैन्थे । फरक फरक ब्यक्तिसँग प्रयोग गर्ने मोवाइल उनको फरक फरक थियो । पछिल्लो समय गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई सम्पर्क गर्न फरक सिमकार्ड प्रयोग गर्ने गरेका थिए ।

उनले परिवारका सदस्य र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ९८५११२४५०० नम्बरको मोवाइलबाट सम्पर्क गर्ने गरेका छन् भने गृहमन्त्री बस्नेतसँग ९८१३००५३३३ मोवाइलबाट सम्पर्क गर्ने गरेका छन् । त्यसैगरी एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई ९८५१०२६६८८ नम्बरबाट फोन गर्ने गरेका थिए । खनालसँग भने पछिल्लो समय फोन सम्पर्क नभएको उनी निकट स्रोतले बताएको छ । त्यसैगरी उनले अन्य ब्यापारिक प्रयोजनका लागि ९८०८८७८२८८ नम्बरको सिमकार्ड प्रयोग गर्ने गरेका छन् ।

-http://yeskathmandu.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?