Breaking News

दृष्टिबिहीन अमृताले ग्यास नपाउँदा... (भिडियो रिपोर्ट)

Feb Tue 2020 05:40:11

402 views

दृष्टिबिहीन अमृताले ग्यास नपाउँदा... (भिडियो रिपोर्ट)

भक्तपुर सानो ठिमी बस्ने दृष्टिबिहीन विद्यार्थी अमृता थापा मगरको कोठामा खाना नपाकेको दस दिन भएको थियो । भएको ग्यास सकिएपछि उनी ग्यासको खोजीमा धेरै ठाउँ पुगिन् । २७ वर्षीया अमृताले जब सोमबार (हिजो) गट्ठा घरको डिपोमा ग्यास बाँड्ने सुनिन्, उनी बिहान सिलिन्डर लिएर निस्किइन् । पैदल हिँडेर डिपोमा आइपुग्दा कुपन नभएको भनेर उनलाई ग्यास दिइएन । उनीसँगै अर्का दृष्टिबिहीन शेरबहादुर साउदले पनि ग्यास पाएनन् । घरमा गर्भवती श्रीमतीलाई छोडेर उनी ग्यास खोज्न गएका थिए । भारतको नाकाबन्दीका कारण उत्पन्न ग्यास अभावले शारिरिक रुपमा अशक्त यी दुईले भोगेको पीडाका बारे कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारीले बनाएको भिडियो रिपोर्ट । ekantipur.com[embedyt] http://www.youtube.com/watch?v=05kI4pFFFsg[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?