Breaking News

साइबर हमला विश्वका ९९ देशमा एकैपटक यसरी भएको थियो

Feb Tue 2020 05:40:39

363 views

साइबर हमला विश्वका ९९ देशमा एकैपटक यसरी भएको थियो

ह्याकरहरुले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले विकास गरेको साइबर हमलामा प्रयोग गरिने टूललाई  चोरी गरेरएकैपटक विश्वका ९९ देशमा साइबर हमला गरे । जसका कारण  ९९ देशका लाखौँ कम्प्युटरहरु एकसाथ साइबर हमलामा परेका छन् । कम्प्युटरहरुमा ह्याकरहरुले साइबर हमला गरेर कम्प्युटर लक गरिदिएका छन् र लक गरेका कम्प्युटर खोल्नका लागि हरेक कम्प्युटरसँग ३ सय डलर फिरौति मागेका छन् ।

साइबर सेक्योरिटी र्फम एभास्टले वान्नाक्राइ तथा यस्तै नामका अन्य विभिन्न फिरौति भाइरसका ७५ हजार मामिला विश्वभरमा फेला पारेको जनाएको छ । एभास्टका प्रतिनिधि ज्याकुब क्रोस्टेकले यो निकै भयानक रहेको बताएका छन् ।

ह्याकरहरुले डिजिटल क्रिप्टोकरेन्सी बिटकोइन मार्फत फिरौति मागिरहेका छन् । साइबर आक्रमणका पीडितहरुले फिरौति रकम हमलाकारीहरुलाई बुझाइरहेको पाइएको छ किनकी बिटकोइनमा रकम जम्मा हुन थालिसकेको छ ।

समाचार अनुसार साइबर आक्रमणको सबैभन्दा ठूलो प्रभाव रुसमा परेको छ । रुसका गृहमन्त्रीले विन्डोज अपरेटिंग सिस्टमयुक्त कम्प्युटरमा आक्रमण भएसँगै विज्ञहरुले भाइरस पत्ता लगाइसकेको जनाएका छन् ।

आक्रमणबाट बेलायतको सरकारी नेसनल हेल्थ सर्भिस देखि लिएर जर्मनीको स्थानीय रेलवे टिकट मेसिन तथा इटालीको विश्वविद्यालय कम्प्युटर ल्याब सम्म प्रभावित भएका छन् ।

स्पेनको टेलिकम कम्पनी टेलेफोनिका, पोर्चुगलको पोर्चुगल टेलिकम, डेलिभरी कम्पनी फेडेक्स, तथा रुसको दोश्रो ठूलो मोबाइल फोन नेटवर्क मेगाफोनमा पनि साइबर हमला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?