Breaking News

फेसबुकको भिडियो शेयरका ‘वाच लेटर’ सुबिधा र ब्रेकिङ न्यूज एप

Feb Tue 2020 05:40:28

730 views

फेसबुकको भिडियो शेयरका ‘वाच लेटर’ सुबिधा र ब्रेकिङ न्यूज एप

फेसबुकमा दैनिक ४ अर्बभन्दा बढी भिडियो सेयर हुन्छन् । ती प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर नयाँ फिचर्स थपेको छ । पछिल्लो समय भिडियो फेसबुकमा सबैभन्दा बढी प्रयोग हुने कम्पोनेन्ट हो । त्यसैले फेसबुकले नयाँ फिचरको रुपमा भिडियोका लागि ुवाच लेटरु बटन ल्याएको छ । युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ुवाच लेटरु वटन सुरु गरेको छ। फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामा वाच लेटर बटन देखिनेछ। त्यसलाई पछि हेर्न मन लागेमा सेभ गर्ने सुविधा फेसबुकले थपेको हो। अरुबेला सेभ गरिने स्टोरी वा अन्य लिङ्क जस्तै वाच लेटर बटन दबाउन साथ भिडियो सेभ्ड फोल्डरमा सेभ भइसक्नेछ। डेस्कटप कम्प्युटर प्रयोगकर्ताको देब्रे कुनामा सेभ भएर बस्नेछ। मोबाइलमा मोर मेन्युमा देखिनेछ। १८ महिना यता फेसबुकले युट्युब फिड देखाउन छोडेको छ। फेसबुक फिडमा ओरिजिनली फेसबुकमै सेयर गरिएका वा अपलोड गरिएका भिडियोहरु मात्र तपाइँको टाइमलाइनमा आइरहेका छन्। प्रयोगकर्ताले अपलोड गरेका यस्ता भिडियोको सेयरिङ तथा लाइकलाई फेसबुकले नजिकबाट अध्ययन गरिरहेको छ। र विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी म्युजिक भिडियो केन्द्रित नयाँ भिडियो सेयरिङ गर्ने प्लेटफर्म विकासमा केन्द्रित भइरहेको छ। -

फेसबुकले छिट्टै दिँदैछ ब्रेकिङ न्यूज, विशेष सुविधाहरु थपिँदै

 फेसबुकमा छिट्टै तपाईले ब्रेकिङ न्यूज पनि पढ्न सक्नुहुनेछ । यसको लागि साइटले एउटा नयाँ ऐप ल्याउँदैछ । एक मिडिया रिपोर्टका अनुसार उक्त ऐपको नाम ‘नोटिफाई’ हुनेछ र योजनामुताबिक भएमा अक्टोबरसम्म यसलाई लञ्च पनि गरिसकिनेछ । अल मिडियाको रिपोर्टका अनुसार उक्त ऐपको कारण प्रयोगकर्ताले आफूले चाहेको खबर एकैठाउँमा जम्मा गर्न सक्छन् । कम्पनीसँग जोडिएको समाचार च्यानल र अखबार फेसबुकको जस्तै गरी नोटिफिकेशन दिने गर्दछ । यो नोटिफिकेशन एउटा मेगा ट्वीटको समान हुनेछ, जसले युजर्सलाई मिडिया च्यानल वा अखबारको वेबसाइटमा रिडाइरेक्ट गर्नेछ । यो ऐपका प्रयोगकर्ताले अन्य विभिन्न मिडियाहरुको खबर सब्सक्राइब गर्ने मौका समेत पाउनेछन् । एकपटक सब्सक्राइब गरेपछि दिनमा उक्त मिडियाबाट प्रकाशन प्रसारण गरिएका नयाँ स्टोरी अथवा अन्य गतिविधिको जानकारी मोबाइल फोनमा मिल्नेछ । फेसबुकले उक्त ऐपको मार्फतबाट आफ्नो प्रयोगकर्ता बढाउन चाहन्छ । यसको साथै फेसबुक केवल सामाजिक सञ्जालमा मात्र नअड्किएर आफ्नो व्यापारलाई दोस्रो क्षेत्रमा फैलाउने प्रयास पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?