जियोनी एफ १०३ प्रो गोल्डेन, सेतो र ग्रेमा, २४०० एमएएच क्षमताको ब्याट्री
Feb Wed 2020 02:40:21
393 views
जियोनिले जियोनि एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउनेका लागि लक्षित गरी नेपाली बजारमा ल्याउने भएको छ। एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । यस सेटमा २.५ डी ड्रागन टेल ग्लास रहने छ। पाँच इन्चको एच डी (७२० पी) आइपीएस ईन सेल डिस्प्ले (२९४ पी पी आइ पिक्सेल डेन्सिटी) रहेको कम्पनीले जानकारी दिएको छ।
बजारमा एफ १०३ प्रो गोल्डेन, सेतो र ग्रे गरि तीन रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। यस मोबाइलमा १३ मेगापिक्सलको फास्ट फोकस रियर क्यामेरा रहेको छ भने पाँच मेगापिक्सलको फ्रन्ट क्यामेरा छ। रियर क्यामरामा टेक्स्ट रिकोगनिशन, टाइम ल्याप्स लगायतका आकर्षक फिचर रहेका छन्। फ्रन्ट क्यामराले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फिहरु खिच्नसक्ने कम्पनीले जानकारी दिएको छ।
एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण ६.० मार्शमेलोमा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.२ बाट सञ्चालित यो फोन १.३ गिगाहर्जको क्वाडकोर मेडियाटेक एम टि ६७३५ प्रोसेसरमा आधारित रहेको छ।
यस स्मार्टफोनमा तीन जिबिको र्याम छ भने १६ जिबिको रोम रहेको छ। यो सेटमा २४ सय एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले जानकारी दिएको छ।