Breaking News

भारतमा बन्यो बिना ड्राईभर चल्ने कार-भिडियो सहित

Feb Tue 2020 05:40:28

218 views

भारतमा बन्यो बिना ड्राईभर चल्ने कार-भिडियो सहित

विश्वभर गुगलको स्वचालित कारको चर्चा चलेको समयमा भारतका एक युवाले ड्राईभर बिना नै चल्ने कार तयार पारेका छन्। भारत राजस्थानका २८ वर्षिय भोमराज सिंहले आफ्नो ७९६ सिसिसको मारूती सुजुकी कारलाई नै बिना ड्राईभर मोबाइलको सहायताले चलाउन सकिने बनाएका हुन्।

उनले बनाएको कारको रोड टेस्ट पनि भइसकेको छ। सिंह कारको सुरक्षा प्रविधि भरपर्दो रहेको दाबी गर्छन। कारलाई ड्राईभर बिहिन बनाउनका लागी उनले कारको ड्राईभर बस्ने सिट निकालेर त्यहाँ आफैले जोरजाम गरेको घरेलु उपकरणहरू फिट गरेका छन्।

वेल्डरको रूपमा कार्यरत सिंहले निम्नमाध्यमिक तह पछी स्कुल छोडेर पेशागत काममा लागेका हुन्। कारलाई मोबाईलबाट चलाउन सकिने बनाउनका लागी आवश्यक सीप र प्रविधि उनले ईन्टरनेटमा उपलब्ध सूचनाहरू प्रयोग गरेर प्राप्त गरेका हुन्।

मोटर इन्जिनियरिंग तथा प्रोग्रामिंग नपढेको भएपनि उनले मोटरलाई ड्राईभर बिना नै चलाउन सक्ने बनाउनका लागी प्रोग्रामिंग सिकेर आँट र लगन भए संसारमा गर्न नसक्ने केहि नरहेको फेरी प्रमाणित गरे। उनी आफैले तयार पारेको उपकरणले कारलाई उनको मोबाईसँग जोड्छ र मोबाईलबाटै कारलाई चलाउन सकिन्छ। यसरी मोबाईलले कार चलाउँदा रिमोटबाट चलाउने खेलौनाकार कै ठूलो आकारको कार चलाए जस्तो देखिन्छ। उनले गुगलले अरबौं खर्च गरेर बनाउन लागेको जस्तो कार बनाएको समाचार सार्वजनिक भएपछी राजस्थानका गाउँ गाउँका मानिसले उनलाई नियमित बिना ड्राईभर कार चलाएर देखाउन दबाब दिने गरेका छन्।उनि आफैले भने यो कारलाई ड्राईभर बिना चल्ने ‘भूत कार’ भन्ने गरेका छन् र यो वास्तवमा ‘भविश्यको कार’ हो।

भिडियो : भारतमा बन्यो बिना ड्राईभर चल्नेकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?