Breaking News

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनायो

Feb Tue 2020 05:40:18

680 views

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनायो

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनाएको छ । चीनले बनाएको ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क पहिलोपटक जिनान सहरका सरकारी निकाय, वित्तिय संस्था तथा सैनिक गरी २ सय जनाले प्रयोग गर्नेछन् । यो नेटवर्कले मेसेज आदानप्रदानका लागि क्वान्टम की डिस्ट्रिब्यूसन प्रविधिको उपयोग गर्दछ । विद्यमान इन्टरनेट प्रविधि तथा टेलिफोनबाट हुने संचार ह्याक हुने, ट्याप गर्न तथा निगरानी गर्न सकिने भएपनि क्वान्टम संचार प्रणाली यस्तो जोखिमबाट पूर्णरुपमा सुरक्षित रहने बताइएको छ ।

विद्यमान संचार प्रणालीमा भन्दा फरक क्वान्टम नेटवर्कमा सन्देशहरु प्रकाश ९पार्टिकल्स अफ लाइट० मा जोडिएर मार्फत प्रसार हुन्छन् । चीनले पछिल्लोपटक विकाश गरेको क्वान्टम कम्युनिकेसन नेटवर्क बेइजिङ देखि सांघाइसम्म फैलिनेछ । जुन दुई हजार किलोमिटर लामो कम्युनिकेसन नेटवर्क विश्वमै सबैभन्दा लामो हो । यो नेटवर्क मेसज हबको रुपमा रहेको जिनान हुँदै अघि बढ्नेछ । यदि कुनै तेश्रो पक्षले नेटवर्क ह्याक गर्ने प्रयास गर्यो भने पार्टिकल्स अफ लाइटको क्वान्टम चरित्रले संचारलाई बदलिदिन्छ र त्यसलाई रोकिदिन्छ । जसका कारण ह्याकरले मेसेज पढ्न वा त्यसमा हस्तक्षेप गर्न असम्भव हुन्छ ।

जिनान इन्स्टिच्यूट अफ क्वान्टम टेक्नोलोजीका सह निर्देशक झोउ फेइले भनेका छन् स् हामीले राष्ट्रिय प्रतिरक्षा, वित्त तथा अन्य क्षेत्रमा यो नेटवर्कको प्रयोग गर्ने योजना बनाएका छौँ । हामीलाई आशा छ यदि यो सफल भएमा यसलाई पाइलट प्रोग्रामको रुपमा प्रसार गर्दै चीनभरी तथा विश्वभर नै प्रयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?