ए, दाई लानुपर्ने भए छिटो गर्नुहोस्, नभए अब खच्चड हिडाउँछु’ खच्चडको भारी मिलाउदै विकास कुलुङले चेतवानी शैलीमा भने । १५ बर्षिय विकासलाई निकै हतारो छ । संखुवासभाको तुम्लीङ्गटारसम्म खच्चड पुर्याएर भोलीकाे लागी भारीको जोहो गर्नुछ उनलाई । र, पर्सी ठिक यही समयमा फेरी यहीसम्म आउँनुछ ।
अरुण नदीदेखी करिब १४ किलोमिटर पश्चिममा पर्ने भोजपुरको खाटाम्मा गाविस स्थित, गोथेबजार । ईरखुवा र बेङखुवा खोलको विचमा पर्छ । ईरखुवाखोला उत्तरको ३०८९ मिटर अग्लो साउने डाँडा दक्षिणमा २,४९८ मिटर उचाईको छाँगेडाँडा बिचको बेसी हुदै पूर्वतिर बगेको छ । लामो पदयात्रा गरेर सगरमाथा जाने पर्यटकहरु यही ईरखुवाको किनारै–किनार भएर जान्छन् । छिटो पदयात्रा गर्ने काठमाडौबाट सिधै लुक्ला । सबैभन्दा पहिले सगरमाथाको सफल आरोहण गर्नेे न्युजिल्यान्डका एडमण्ड हिलारी र तेन्जीङ्गनोर्गे शेर्पा यहीबाटो भएर सगरमाथा गएकाले यसलाई तेञ्जिङ–हिलारी पदमार्ग पनि भनिन्छ । यहाँबाट सात दिनमा सगरमाथाको आधार शिविर पुगिन्छ ।
हतार–हतार मेरो झोला खच्चडमा कसेर मलाई उनले शर्त राखे,‘दाई, तल, चिरखुवामा माछा र जाँड खुवाउनुपर्छ है मलाई ।’ उनको यो शर्त जायज थियो, किनभने मेरो झोला उनले सित्तैमा तुम्लीङटारसम्म पुरार्याईदिदै थिए ।
तीन चार बर्षअघिसम्म यहाँ भरियाहरुको घुईचो लाग्थ्यो । तुम्लीङ्गटार, हिले, धरानसम्म सामान पुराउन र ल्याउन भरियाको प्रयोग हुन्थ्यो । तर, अहिले खच्चडहरु लामबद्ध छन् । काठमाडौसम्म ल्याउनुपर्ने २५ किलो जति समान मेरो पनि थियो । मैले पनि अरुहरुले जस्तै तुम्लीङटार एयरपोर्टसम्म खच्चडलाई बोकाउने निधो गरेर ती भाई विकासको शरणमा पुगेका थिए ।
हतार–हतार मेरो झोला खच्चडमा कसेर मलाई उनले शर्त राखे,‘दाई, तल, चिरखुवामा माछा र जाँड खुवाउनुपर्छ है मलाई ।’ उनको यो शर्त जायज थियो, किनभने मेरो झोला उनले सित्तैमा तुम्लीङटारसम्म पुरार्याईदिदै थिए । उनको शर्त मानेपछि खच्चड खेत्न सुरु गरे, ‘या या बाघे या’ उनीहरुको खच्चडलाई बोलाउँने भाषा फरक हुन्छ । सबै खच्चड नाम पनि आ–आपनै । अगाडी ‘कमाण्डर’लाई ठुलो घण्टी झुण्डाईदिएको हुन्छ ।
१५ बर्षिय यिनले १६ वटा खच्चड खेत्छन् । उनको घर, भोजपुरको दोभाने–४ मातेल हो । दुई बर्षअघिदेखी खच्चड खेदीरहेका छन् उनी । बेङखुवा खोलाको झोलुङ्गे पुल पुगेपछि मैले उनको एउटा खच्चडका फोटो खिचे । होईन दाई, तपाई पनि ‘कुईरे'(गोरा) हो की क्या हो ? ‘कहाँ कुईरे हुँनु’ उनलाई मेरो प्रश्न थियो ,‘कुईरेहरुलाई नेपाली बोल्न आउँछ त ?’ त्यता विदेशी पर्यटनहरुलाई ‘कुईरे’ भनिन्छ ।
फेरी उनले प्रतिपश्न गरे, ‘अनि किन फोटो खिच्या त ?’ यीनको बोली एकदमै ठाडो र झर्रो छ । मैले तिनलाई भनीदिए, ‘पत्रिकामा छाप्नलाई खिचेको भाई, म पत्रकार हुँ ।’ उनी अलमलमा परे, ‘पत्रकार भनेको के हो ? उनलाई थाहा रहेनछ । थाहा पाउन् पनि कसरी ? समाजलाई चिन्न सक्ने भएदेखी उनी यही बाटोमा निरन्तर हिडीरहेका छन्, कहिले भरियाको रुपमा त कहिले ‘खच्चड ड्राईभर’को रुपमा । सधै विदेशी पर्यटकहरुको घुईचो हुन्छ यो बाटोमा । फोटो खिच्ने मान्छेहरु कुईरे हुन् उनले यसरी नै बुझेका छन् ।
१५ बर्षिय यिनले १६ वटा खच्चड खेत्छन् । उनको घर, भोजपुरको दोभाने–४ मातेल हो । दुई बर्षअघिदेखी खच्चड खेदीरहेका छन् उनी । बेङखुवा खोलाको झोलुङ्गे पुल पुगेपछि मैले उनको एउटा खच्चडका फोटो खिचे ।
म उनीसँग संवाद गर्नु खोज्दैछु तर उनको ध्यान खच्चडतिर । समयमै पुराएन भने साहुँ रिसाउँछ । ‘साहुँ रिसायो भने त कामबाट निकाली दिन्छन्, अनि त के गर्ने ? उनको प्रश्न थियो,‘अहिले त भारी बोक्न पनि पाईन्दैन अनि के गर्ने ?’ खच्चड खेद्ने र भारी बोक्ने भन्दा अरु केही विकल्प देखेका रहेनछन् उनले । तीन सन्तान मध्ये उनी घरका जेठो छोरो हुन् । उनका वुवा–आमा जमिन विनाका कृषक । अरुकोमा काम गरेर बाँच्नुपर्ने बाध्यता छ ।
करिब आठ बर्षको उमेरदेखी वुवासँग धनकुटाको हिलेदेखी भोजपुरको साल्पाफेदीसम्म भारी खेपेर परिवार पालेका थिए । तर, सडक र खच्चडले उनीहरुको जाँगीर खोसीदियो । उनले बोक्ने भारी हिलेदेखी तुम्लीङ्गटारसम्म ट्याक्टरले बोक्छ, तुम्लीङ्गटारदेखी खच्चडले । आफुले बोक्ने भारी खच्चडले बोकीदिएपछि उनी ‘खच्चड ड्राईभर’ भएका छन् । ‘पहिले वुवासँग हिलेदेखी फेदीसम्म भारी बोक्थे तर, अहिले त भारी नै पाईन्दैन’ उनले सुनाए,‘भारी बोक्न नपाएपछि, खच्चड खेद्न थालेको हुँ ।’
आफुले बोक्ने भारी खच्चडले बोकीदिएपछि उनी ‘खच्चड ड्राईभर’ भएका छन् । ‘पहिले वुवासँग हिलेदेखी फेदीसम्म भारी बोक्थे तर, अहिले त भारी नै पाईन्दैन’ उनले सुनाए,‘भारी बोक्न नपाएपछि, खच्चड खेद्न थालेको हुँ ।’
पाँच बर्षअघिसम्म हिलेदेखी तुम्लीङटार हुदँ सोलुखुम्बुसम्म भरियाको ताती हुन्थ्यो । ५ हजारभन्दा बढीले भारीनै बोकेर परिवार पालेका थिए । तर, धनकुटाको हिलेदेखी संखुवासभाको चेवाबेशीसम्मै सडक पुगेपछि सबै भरियाहरु बिस्थापित भएका छन् । ‘सक्नेहरु खाडी गएका छन्, नसक्नेहरु भारतको सिलोङमा कोईला काट्न र सिमलामा आलु रोप्न गए’ स्थानीय प्रबिण गिरी भन्छन्, ‘विकासले ५ हजार भरियाहरु बिस्थापित भए ।’
संखुवासभाको तुम्लीङ्गटार र चेवाबेशीदेखी भोजपुरको उत्तरी क्षेत्रका एक डेढ दर्जन गाविस र सोलुखुम्बुको दर्जन गाविसहरुमा खच्चडबाट दैनिक उपभोग्य बस्तुहरुको आयात गरिन्छ । तुम्लीङ्गटार–साल्पाफेदी रुटमै करिब २ हजार खच्चडहरुले सामान बोक्छन् । यही रुटमा बिकास जस्ता करिब दुई सय जना जति अरु ‘खच्चड ड्राईभर’ छन् । उनको रुट चहि साल्पाफेदी देखी चेवाबेशीसम्मको हो । तर, कहिलेकाही तुम्लीङटार पनि जानुपर्छ ।
साल्पाफेदीदेखी चेवाबेशीसम्म सामान लिएर झर्दा एक दिन लाग्छ, चेवाबेशीदेखी साल्पाफेदीसम्म सामान लिएर जाँदा करिब दुई लाग्छ ।’ उनले सातामा यहीबाटो दुईपटक ओहोरदोहोर गर्नुपर्छ । सातामा एकदिन बिदा । विदाको दिन खच्चडलाई घास र दान दिएर बस्नुपर्छ । यति गरे बापत उनले मासिनामा दस हजार रुपियाँ तलब पाउँछन् । ‘तलब त टन्न हुदोरहेछ नी ?’ ‘कसरी टन्न हुनु नी’ उनी हाँसे, ‘यो एकोहोरो बाटोमा धुलो खादै हिड्नु कम दुःख हुन्छ, हरेक दिन तीनचार मुठी धुलो खानुपर्छ, हप्ता दिनमा एक पाथी धुलो खाईन्छ, अनि महिनादिमा चार पाथी, चार पाथी हुन्छ ।’ उनले सो सुनाईरदहाँ उनी खच्चडले उडाएको धुलोको कुईरी मण्डल भित्र थिए ।
फेरी थपे, ‘ल हेर्नुहोस् त, हामी त हरेक दिन यस्तै धुलोमा हिड्नपर्छ, रोगले तपाईभन्दा छिटै मर्छुं होला ।’ मासिक दस हजार पाउने भएपनि उनले आजसम्म हजारको मुठो भने देखेका रहनेछन् । सबै पैसा उनका वुवाले नै लिदा“रहेछन् । भन्छन्,‘सबै बाउँ(वुवा)ले लिन्छ ।’
००० ००० ‘एक छिन बिसाउँनु परे’ अरुणनदी किनाराको कार्तिके घाट पुगेपछि खच्चड रोकेर बसे उनी । समुन्दी सतहबाट ३ सय ५ मिटर उचाईमा रहेको कार्तिके घाट वरिपरी बाला गुरु षडानन्दको गुठीको खेत छ । कुनै बेला माओवादीले कब्जा रहेको यो खेत अहिले भने गुठीकै सामित्वमा आएको बताईन्छ । अरुण नदी, जसले तिब्बतका भोङ्चु र यारुचस नदीको पानीलाई मिसाएर ल्याएको छ ।
यसको जलधार क्षेत्र ३६,५३३ वर्गकिलोमिटर छ । अरुण नदी, तिब्बतको टिङ्रगी र कम्पा समतल भुमी भएर किमाथाङाको साघुरो खोच हुदै नेपाल प्रवेश गरेको छ । कार्तिके घाटमा मैले उनलाई पढाईको बारेमा सोधे,‘कतिमा पढ्दै छौं भाई ? ‘कति न कति’ उनले झर्किएर भने,‘खच्चड खेद्ने मान्छे कसरी पढ्न भ्याउनु, हप्तामा एकदिन बिदा हुन्छ, त्यो पनि खच्चडलाई स्याहारदा नै बितिहाल्छ । हप्ताको एकदिन बाहेक हरेक दिन भालेको ढाकमा उठेर साझसम्म खच्चड खेद्नुपर्छ, राती पनि खच्चडको रखबारी गर्नुपर्छ ।’
तिनका लागि मसँग कुनै गतिलो उत्तर थिएन । मन मनै भने, ‘भाइ ! हाम्रो गरिबि र अज्ञानता बेचेर यिनिहरु धनी हुन्छन् ।’
उनले अहिलेसम्म कुनै विद्यालको आगन टेकेको रहेनछन् । अनि पढ्न मन छैन ? ‘मन त छ नी’ टोहोलाएर भने, ‘मन भएर मात्रै भएर के गर्नु, पैसा छैन ।’ उनको घर नजिकै प्राथमिक विद्यालय छ, अलि माथि मावि पनि । उनी पढ्नुपर्छ भन्ने कुरामा पनि उनी सचेत छन् । तर, एक दिन पनि उनी विद्यालयका गएका छैनन् । ‘गाउँमा पढ्न नपाउँने हामी पाँच-सात जना जति छौं, अरु सबै स्कुल जान्छन्’ उनले सुनाए,‘पछि उनीहरु त ठुलो मान्छे बन्छन् होला, अब हाम्रो त यसरी नै जीवन बित्ने भयो ।
साथीहरु स्कुल गएको देख्दा मलाई त रुन लाग्छ ।’ कतिपयका छोराछोरी स्कुल गएर पनि नपढेको बिग्रेको भन्ने सुनेका रहेछन् उनले । भने, ‘दाई, कतिका छोराछोरीहरु त पढ्न पठाएपनि नपढी बिग्रेका छन् रे नी ! म स्कुल जान पाए त रात दिन पढ्ने थिए, तर के गर्नु ?’
पछाडीबाटा अर्को हुल खच्चड आयो । ‘अब बसेर हुदैन खेद्न्पर्छ, नभएर यिनीहरुले छोड्छन्’ उनी हत्तपत्त उठेर खच्चड फेरी खेद्न सुरु गरे । उनको पछिपछि लागेर फेरी सोधे, ‘भबिष्यको सपना के छ नी ? ‘के रे !’ उनले भने,‘सपना-जपनाको कुरा नगर्नुहोस्, मलाई केही पनि थाहा छैन, खै आज राती के–के देखियो, भुले ।’
उनले अर्का सपना बुझेछन् क्यारा ! फेरी प्रस्ट्याए, ‘भबिष्यमा के बन्ने नी भाई ?’ ‘होईन कति सोध्नुभा हो’ उनले उल्टो सोधे,‘तपाई आफै भन्नुहोस्, पढ्ने बेला पाँथीका–पाँथी माठो खादै खच्चड खेद्ने मान्छेको सपना के होला ? भबिष्यमा उ के बन्छ होला ? खच्चड कसरी छिटो पुराउँने भन्ने चिन्ता भन्दा सपना–योजना केही छैनन्, आज के खाने भन्ने चिन्ता भएकालाई भबिष्यको कुरा नसोध्नोस् ।’ ओहो, उनले यस्तरी सुनाए, मानौकी कुनै कवि कविता सुनाईरहे छन् । एकछिन एकोहोरिएर मलाई प्रतिप्रश्न गरे, ‘सर ! गरिबले कस्तो सपना देख्नुपर्छ ?
संखुवासभाको चेवाबेशी बजार पुग्दा साँझ परीसकेको थियो । आज यही बसेर भोली बिहानै तुम्लीङटार जानुछ । राती खच्चडलाई राख्ने निश्चित ठाउँ हुन्छ । बास बसेको ठाउँमा खच्चडको बारी झिक्नुपर्छ, र खच्चड ड्राईभरले नै भारी र खच्चडको रेखदेख दुबै गर्नुपर्छ । बिहान बेलुका घाँस र दाना पानी दिनुपर्छ । उनी यही मेसोमा लागेका छन् ।
एक हुल कुईरे(विदेशी पर्यटक)हरु आएर उनले खच्चडबाट भारी झार्दै गरेका फोटो तछाड्, मछाड् गरेर खिच्न थाले । मानौकी यहाँ फोटोग्राफी प्रतियोगिता भईरहेको छ । खच्चडबाट भारी झारीसकेपछि उनले सोधे,‘दाई, अलि फोहोर अनुहार देखेको मँन्छे देख्ने बित्तिकै, यी कुईरेहरुले ताकी–ताकी किन हाम्रो फोटो खिच्छन् ?’ तिनका लागि मसँग कुनै गतिलो उत्तर थिएन । मन मनै भने, ‘भाइ ! हाम्रो गरिबि र अज्ञानता बेचेर यिनिहरु धनी हुन्छन् ।’
News Source - Nayapage.com