Breaking News

जापानमा महिला कामदारहरूकाे अवस्था त्रासमय : कार्यक्षेत्रमै याैनहिंसा

Feb Tue 2020 05:40:58

175 views

जापानमा महिला कामदारहरूकाे अवस्था त्रासमय : कार्यक्षेत्रमै याैनहिंसा

टोकियो। जापानका कम्तीमा पनि एक तिहाई कामदार महिलाले कार्यक्षेत्रमै यौनसम्बन्धी हैरानी सामाना गर्नुपरेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कामदार महिलामा गरिएको एक सर्वेक्षणमा जापानमा कम्तीमा पनि एक तिहाई महिलालाई उनीहरुको कार्यक्षेत्रमा नै यौन हैरानी सहनुपरेको पाइएको बताइएको हो ।

यसमध्ये दुई तिहाई यस्ता महिलाले उनीहरुले आफ्ना बारेमा गरिएका यस्ता हिंसाका घटनाको सार्वजनिकीकरण नगर्ने गरेको पनि देखिएको समाचारमा उल्लेख गर्ने गरिएको छ । जापानको स्वास्थ्य श्रम तथा समाजकल्याण मन्त्रालयले गरेको सर्वेक्षणमा यस्तो तथ्य पाइएको छ । जापानका २२ वर्षददेखि ४४ वर्षको उमेर समूहका महिला कर्मचारीहरुमा गरिएको सर्वेक्षणमा यस्तो पाइएको छ । ती महिलामध्ये कम्तीमा पनि १० हजार जनामा यो सर्वेक्षण गरिएको छ ।

लिखित प्रश्नका आधारमा गरिएको यस सर्वेक्षणमा यस्तो परिणाम आएको हो । गत सेप्टेम्बर र अक्टोबर महिनामा जापानका विभिन्न सहरमा तीन हप्ता लगाएर यो सर्वेक्षण गरिएको हो । मङ्गलबार सार्वजनिक भएको सो सर्वेक्षणमा भनिएको छ– त्यहाँ कार्यरत कम्तीमा पनि ३० प्रतिशत महिलाले आफूहरु कार्यक्षेत्रमा नै यौन हिंसामा पर्ने गरेको पाइएको जनाएका थिए ।

ती कर्मचारी महिलामध्ये करिब ४० प्रतिशतले त आफूहरुलाई अस्वाभाविक रुपमा पुरुष कर्मचारीले छुने गरेको जनाएका छन् । सर्वेक्षणमा पारिएका १० हजार महिलामा करिब ३८ प्रतिशतले आफूहरुलाई यौनसँग सम्बन्धित विषयमा पुरुष कर्मचारीले कुरागर्ने एवम् जिस्क्याउने गरेको बताएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?