Breaking News

एनसेल एप संसार, २५ भन्दा बढी एप उपलब्ध, निशुल्क डाउनलोड सुविधा

Feb Wed 2020 02:40:21

1253 views

एनसेल एप संसार, २५ भन्दा बढी एप उपलब्ध, निशुल्क डाउनलोड सुविधा
ncell-apps- काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाली मोबाइल एपको वितरणमा योगदान पु¥याउने उद्देश्यले आफ्नै एप स्टोर एनसेल एप संसार संचालनमा ल्याएको छ । उक्त स्टोर मार्फत एनसेलका सम्पूर्ण ग्राहकले अब एकै ठाउँबाट प्रचलित नेपाली मोबाइल एप निःशुल्क डाउनलोड गर्न सक्छन् । एनसेल एप संसार साझा मोबाइल एप स्टोर हो जहाँ नेपाली एप निर्माताले आफ्नो मोबाइल एप निःशुल्क होस्ट गर्न सक्छन् र ग्राहकले पनि http://www.ncell.com.np/ncellappsansar मा गएर आफ्नो इच्छा अनुरुपका एप डाउनलोड गर्न सक्ने जानकारी कम्पनीले दिएको छ । हाल एनसेल एप संसारमा कृषि , बिजनेस, शिक्षा, पर्यटन, मनोरञ्जन, समाचार, सामाजिक सञ्जाल र अन्य गरि नौ वटा विभिन्न विधामा २५ वटा भन्दा बढी एप उपलब्ध छन् । हाम्रो पात्रो, नबिल एम—बैंक, हाम्रो बजारलगायतका प्रचलित नेपाली एप यो स्टोरमा छन् । त्यस्तै एनसेल एप क्याम्प २०१४ मा सहभागीहरुले निर्माण गरेका एप आईएफए कृषी, एल्लो नेपाल, मेरो एन्सर, एग्री टेक, केयर क्रप लगायतका एप पनि एनसेल एप संसारमा उपलब्ध रहेको जानकारी कम्पनीले दिएको छ । एनसेल एप संसारमा सबै नेपाली एप निर्माताले आफ्नो मोबाइल एप निःशुल्क होस्ट तथा प्रवद्र्धन गर्न सक्छन् । एप निर्माताले हाल आफ्नो एपको बितरण गर्न अन्तर्राष्ट्रिय स्टोरको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्न सघाउने छ । एनसेल एप संसार शुक्रबारबाट संचालनमा आएको छ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एप संसारमा भएका कुनै पनि एप निःशुल्क आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् । डाउनलोड गरे पश्चात एप प्रयोग गर्दा डेटा प्रयोग भएमा भने विद्यमान डेटा शुल्क लाग्ने जानकारी पनि एनसेलले दिएको छ । हाल एनसेल एप संसारमा एन्ड्रोइड एप मात्र उपलब्ध छ । आईओएस र विन्डोज ग्राहकका लागि पनि छिट्टै नै एप उपलब्ध गराउने जानकारी पनि एनसेलले दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?