Breaking News

भूकम्प आउनुअघि सूचना दिने माइसेक एप यस्तो

Feb Tue 2020 05:40:12

235 views

भूकम्प आउनुअघि सूचना दिने माइसेक एप यस्तो

अमेरिकास्थित क्यालिफोर्निया वैज्ञानिकले भूकम्प आउनुअघि सूचना दिने एपको विकास गरेका छन्।  ‘माइसेक’ नाम दिइएको यो एपले भूकम्पआउनुअघि सावधान त गराउन सक्छ साथै जुन एपको मद्दतबाट थोरै समयमा केही हदसम्म भए पनि पूर्व तयारीमा रहन सहयोग पुग्नेछ।

बिबिसीका अनुसार यो ऐपको सेंसर जमिनमुनि रहनेछ। मोवाइल झोला वा खल्तीमा रहे पनि यो एपले भूकम्पको संकेत दिनेछ। प्रोफेसर रिचर्ड एलेनका अनुसार यो एपले हजारौं फोन प्रयोगकर्ताको मद्दतबाट एउटा नेटवर्क स्थापना गर्न चाहेको छ।

सिज्मोलोजिकल वैज्ञानिकहरुले पनि यसलाई स्वीकार गर्दै भनेका छन् यदि यो एपलाई संसारभर  विस्तार गर्न सकेमा ५० प्रतिशतसम्मको असर न्यून हुनेछ।

[embedyt] http://www.youtube.com/watch?v=i-UH6oEx5JI[/embedyt]

ऐलनले बताएका छन् कि जब जमिनमुनि तरंग आउँछ तव यसको सर्वरले सावधानीको सूचना दिनेछ। त्यति मात्रै नभई यसले भूकम्पको तिब्रताको पनि पत्ता लगाइदिनेछ। उनले यो पनि भनेका छन् कि आफ्नो एपले भूकम्पभन्दा पहिले नै सूचना दिएर क्षतिलाई कम गर्न सघाउनेगरी विश्वका प्रयोगकर्ताले छिटै प्रयोग गर्न सक्ने जनाइएको छ ।

गुगल प्ले स्टोरमा एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?