बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना (सतर्कता सन्देश) दिनुपर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले करिब दुई महिनाअघि दिएको उक्त निर्देशन आउँदो वैशाख १६ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आइसक्नुपर्ने छ । त्यसपछि प्रत्येक ग्राहकको प्रत्येक कारोबारको सूचना अनिवार्य रूपमा एसएमएसमार्फत दिनुपर्ने छ ।
पछिल्लो समयमा एटीएममार्फत चोरी बढेपछि ग्राहकलाई सचेत बनाउन यसो गर्न लागिएको हो । ‘प्रत्येक कारोबारपछि अनिवार्य रूपमा सम्बद्ध ग्राहकलाई तत्काल एसएमएस अलर्ट दिनुपर्ने छ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
यस्तो एसएमएस सुविधाबापत थप शुल्क लिन नपाइने पनि राष्ट्र बैंकले जनाएको छ । ‘यो ग्राहकले खाता खोलेबापत बैंकले दिने सुविधा हो । त्यसैले एसएमएसमार्फत थप शुल्क उठाउन पाइँदैन