Breaking News

कांग्रेसको देशैभर गाउँ र नगर अधिवेशन

Feb Tue 2020 05:40:46

284 views

कांग्रेसको देशैभर गाउँ र नगर अधिवेशन

देशको सबैभन्दा ठूलो पार्टी कांग्रेसको शुक्रवार देशैभर गाउँ र नगर अधिवेशन हुन लागेको हो । गाउँ र नगरपालिका अधिवेशन पछि माघ २२ गते क्षेत्रीय र माघ २५ गते जिल्ला अधिवेशन हुने कांग्रेसले जनाएको छ । १३ औं महाधिवेशन फागुन २० गते देखि २३ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनमा सहभागि हुन स्थानीय अधिवेशनबाट नै प्रतिनिधिन चयन हुँदै आउनुपर्ने भएकाले स्थानीय अधिवेशनलाई पनि उत्तिकै महत्वका साथ हेरिन्छ । यति बेला केन्द्रीय नेताहरु सबै आ आफ्नो जिल्लामा पुगिसकेका छन् । आफु निकट प्रतिनिधिलाई ल्याउन नेताहरु स्थानीय तहमा सक्रिय छन् । महाधिवेशनका लागि निकै महत्वपूर्ण मानिने क्रियाशील सदस्यतामा देखिएको विबाद पन्छाउँदै कांग्रेस यति बेला महाधिवेशनमा जुटेको हो । केही जिल्लामा सदस्यता विबाद चर्किएपछि १२ औं महाधिवेशनलाई निरन्तरता दिने निर्णय कांग्रेस पदाधिकारी बैठकले गरेपछि बिवाद तत्कालका लागि साम्य बनेको हो । पदाधिकारीको निर्णयको भने अधिकांश केन्द्रीय सदस्यहरुले समेत विरोध जनाएका थिए । यस पटक महाधिवेशनमा देशभरका चार लाख ७० हजार ६५५ क्रियाशील सदस्य रहेका छन् । अघिल्लो १२औं महाविधेशनमा यो संख्या तीन लाख १३ हजार ८३६ मात्र थियो । जसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका हुन् । १३औं महाधिवेशनका लागि थप दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । अघिल्लो महाधिवेशनका करीब ६० हजार क्रियाशीलले यस पटक सदस्यता नवीकरण गरेनन् । विभिन्न देशमा रहेका काँग्रेसका नेपाली जनसम्पर्क समितिमार्फत प्राप्त निवेदनका आधारमा ११ हजार ७४ जनाले क्रियाशील सदस्यता पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?