Breaking News

डिम्याट खाता नहुनेले अब आइपिओ शेयर भर्न नपाउने धितोपत्र बोर्डको - प्रेस बिज्ञप्ती सहित

Feb Wed 2020 02:40:38

612 views

डिम्याट खाता नहुनेले अब आइपिओ शेयर भर्न नपाउने धितोपत्र बोर्डको - प्रेस बिज्ञप्ती सहित

नेपाल धितोपत्र बोर्डले डिम्याट खाता नखोलेका लगानीकर्ताले सार्वजानिक निश्कासन (आईपिओ तथा एफपिओ)मा आबेदन दिन नपाउने निर्देशन जारी गरेको छ । आईतबार एक प्रेस बिज्ञप्ती जारी गरी बोर्डले यस्तो निर्देशन दिएको हो ।

बोर्डका अनुसार सार्वजानिक निश्कासनमा आबेदन गर्नका लागी काठमाण्डौ उपत्यका भित्रका लगानीकर्ताहरुले २०७३ श्रावण १ गतेबाट र उपत्यका बाहिरका लगानीकर्ताहरुले २०७३ माघ १ गतेबाट अनिबार्य रुपमा डिम्याट खाता हुनुपर्ने जनाएको छ । उसका अनुसार सार्वजानिक निश्कासनमा आबेदन दिने लगानीकर्ताहरुले अनिवार्य रुपमा फारममा डिम्याट खाता नम्बर उल्लेख गर्नुपर्ने र त्यही खातामा बाँडफाँड भएको शेयर जम्मा गरिदिन सम्पुर्ण मर्चेन्ट बैंकर्सहरुलाई निर्देशन दिएको छ ।

बोर्डले लगानीकर्ताहरुको पहिचान सहितको डाटाबेश नभएको कारण सार्वजानिक निश्कासनको क्रममा लगानीकर्ताहरुले धेरै समयसम्म आबेदनका लागी बस्नु पर्ने, हकप्रद शेयर खरिदका लागी समेत सम्बन्धीत सुचिकृत संगठित संस्था वा शेयर रजिष्ट्रारकोमा जानुपर्ने जस्ता असहज परिस्थितीलाई सहज गराउन तथा पुँजी बजारका लगानीकर्ताको सही संख्या एकिन नभएको कारणबाट बजार सम्बन्धी नीति निर्माणमा समेत कठिनाई भईरहेको जनाउँदै त्यसका लागी डाटाबेश तयार गर्ने उदेश्यले प्रत्येक लगानीकर्तालाई लगानीकर्ता परिचय दिने व्यवस्थाको तयारी भईरहेको जनाएको छ ।sebon press relaese

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?