Breaking News

आइसिटी पत्रकार मञ्चको ३ विधाको सम्मान सूचना सञ्चार प्रविधि मन्त्रीले प्रदान गर्ने

Feb Tue 2020 05:40:43

353 views

आइसिटी पत्रकार मञ्चको ३ विधाको सम्मान सूचना सञ्चार प्रविधि मन्त्रीले प्रदान गर्ने

साधना बस्नेत सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्चको पाँचौ वार्षिकोत्सव तथा आइसिटी सम्मान २०१५ कार्यक्रम यही पौष ८ गते काठमाडौंमा हुने भएको छ । ICT samman 2071 वार्षिकोत्सव समारोहमा माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन रार्इलाई विशेष स्वागत सहित आइसिटी सम्मान २०१५ कार्यक्रम गर्ने संस्थाको संस्थापक अध्यक्ष भरतराज उप्रेतीले बताए । वार्षिकोत्सव समारोह कार्यक्रममा नाकाबन्दीले अर्थ र आइसिटी क्षेत्रमा पु¥याएको नोक्सानी विषयक अन्तरक्रिया समेत सञ्चालन हुनेछ भने आइसिटी, मानवअधिकार, सामाजिक, पत्रकारीता, संस्कृति पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राइले अवार्ड सम्मान तथा मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको संस्थाका महासचीव मुकुन्द ढुंगानाले बताए । संस्थाले यस वर्षको आइसिटी अवार्ड २०१५ मानव अधिकारको क्षेत्रमा विगत डेढ दशकदेखि काम गर्दै आएको मानवअधिकारकर्मीलाई प्रदान गर्ने जनाएको छ । आइसिटी सम्मान, आइसिटी क्षेत्रमा एक दशकदेखि काम गर्दै आएका २ जनालाई, सामाजिक सेवाको क्षेत्रमा काम गरेका ५ जनालाई, पत्रकारीता क्षेत्रमा काम गर्ने एक जनालाई, शैक्षिक क्षेत्रमा १ जनालाई, पर्यटनको क्षेत्रमा १ जनालाई, महिलाको क्षेत्रमा एक जनालाई गरी १० जनालाई प्रदान गर्ने संस्थाले जनाएको छ । त्यस्तै आइसिटी क्षेत्रमा २ दशकदेखि योगदान पुर्याउनुहने १५ जना आइसिटी क्षेत्रका व्यक्तिहरुलाई आइसिटी मायाको चिनो २०१५ बाट सम्मान गर्ने कार्यक्रम समेत आइसिटी पत्रकार विकास मञ्चको पाँचौं वार्षिकोत्सव समारोहमा रहेको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, दूरसञ्चार प्राधिकरण नेपाल, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, साइवर सुरक्षा र सर्तकताका तर्फबाट प्रमुख व्यक्तिहरु र आइटी संघ संस्थाको विशेष सहभागीता रहनेछ । पाँचौं वार्षिकोत्सव तथा आइसिटी सम्मान कार्यक्रम २०१५ लाई सभ्य, भव्य र सफल बनाउन आइसिटी संघ संस्था, पत्रकार, मिडिया हाउस लगायत सबै क्षेत्रलाई संस्थाले अनुरोध गरेको छ । संस्था स्थापना भएको पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा पाँचौें वार्षिकोत्सव भव्यताका साथ मनाउने र आइसिटी सम्मान २०१५ कार्यक्रम समेत गर्ने निर्णय कार्यसमितिले अनुमोदन गरेको हो ।

कार्यक्रम तालिका

प्रमुख अतिथि : शेरधन राई, माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री मिति: २०७२ पौष ८ गते बुधबार समय दिनको २ ३० बजे स्थान संवाद डबली, अनामनगर काठमाडौंiit

विशिष्ट अतिथिहरु

आनन्दराज खनाल, निर्देशक नेपाल दूरसञ्चार प्राधिकरण नेपाल ई गणेश शाह पूर्व विज्ञान तथा प्रविधि मन्त्री बोर्ण बहादुर कार्की अध्यक्ष प्रेस काउन्सिल नेपाल डा। महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघ

अतिथिहरु

क्यान महासंघ आइसिटी एसोसियसन अफ नेपाल आइटीएस नेपाल इन्टरनेट सोसाइटी अफ नेपाल मुनि बहादुर शाक्यसिएन उपाध्याय विप्लवमान सिंह ई तिमिला यमी डा. सुवर्ण शाक्य बीरेन्द्र कुमार मिश्र केदार चन्द्र शर्मा सि. पी. भट्टराई

लगायतका आइटी तथा आइसिटी क्षेत्रका व्यक्तिहरु ।

संस्थाले २०७१ मंसीर २७ गते पनि चौथो वार्षिकोत्सव तथा आइसिटी सम्मान कार्यक्रम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न गरेको थियो । सूचना प्रविधिको प्रयोगको पहुँच आम जनस्तरमा सहज गराउन आइसिटी चेतनाका साथै राज्यको पहिलो प्राथमिकता राख्नुपर्ने अहिलेको आवश्यकता रहेको छ भने । पत्रकारीतको कान्छो माध्यम अनलाइन पत्रकारीताको विकास क्रम बढ्दै जादा अनलाइन पत्रकारहरु बढिरहेका छन् । त्यसैले अनलाइन पत्रकारीतालाई व्यवसायिक बनाउदै आइसिटी विकासका लागि राज्यको पहिलो आँखा सूचना सञ्चार प्रविधिको विकास र बिस्तारका लागि आइसिटी क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो छ र यसलाई व्यवस्थित गर्न सबै एकजुट हुनु पर्ने समय आएको छ । भखर््र आइसिटी क्षेत्रले अ.कुराउन लागेको अवस्थामा भुकम्प र पछिल्लो समय भारतको अघोषित नाकाबन्दीले नेपालको आइटी उद्योगमा प्रत्या प्रभाव पारेको छ । यस कुराको उठान सूचना सञ्चारको संवाहक क्षेत्र सञ्चार मिडिया त्यसमा पनि सूचना सञ्चार विषयमा अनलाइन तथा आइसिटीका खोजमुलक कुराहरु जनस्तरमा ल्याउने संस्था आइसिटी पत्रकार विकास मञ्च भएकोले संस्थाको भूमिका उच्चस्तरमा रहेर अगाडी बढ्नुपर्ने दायित्व थपिएको छ । यस कुरालाई पाँचौ वार्षिकोत्सवको कार्यक्रम र नयाँ कार्यसमितिले उचित सम्बोधन गर्न सकोस् भन्ने सबैको कामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?