Breaking News

रोबोटको चमत्कार ! कसरत गर्दा पसिना निकाल्छ (भिडियोसहित)

Feb Tue 2020 05:40:43

438 views

रोबोटको चमत्कार ! कसरत गर्दा पसिना निकाल्छ (भिडियोसहित)
वैज्ञानिकहरुले एउटा यस्तो मानवजस्तै रोबोट अर्थात् ह्युमनोइड रोबोट तयार पारेका छन् , जसले मानिसले जस्तै पुसअप, सिट अपलगायतका व्यायाम गर्न सक्दछ । अझ सबैभन्दा रोचक कुरा त के भने यो रोबोटको शरीरबाट व्यायाम गर्दा मानिसको शरीरबाट जस्तै गरी पसिना निस्किन्छ । यो रोबोटमा एउटा यस्तो कृत्रिम सिस्टम लगाइएको छ जसका कारण उसको जिउबाट पसिना निस्किन्छ । शारीरिक रुपमा यो रोबोटले पूर्णरुपमा मानव शरीरले जस्तै काम गर्दछ । जापानको युनिभर्सिटी अफ टोकियोका वैज्ञानिकहरुले बनाएको यो रोबोटको नाम केंगोरो हो । यसलाई क्र्यास टेष्टमा प्रयोग गर्न सकिन्छ । यसका साथै यो रोबोटको प्रयोग खेलाडी तथा धावकहरुका मांशपेशीको विश्लेषणमा पनि गर्न सकिन्छ । वैज्ञानिकको यो टोलीले पछिल्ला केही वर्षयता मानवस्वरुप रोबोटको विकाश गर्ने काम गरिरहेको छ । यस टोलीले सन् २००१ यता विकास गरेका रोबोटको सिरिजमा केंगेरो सबैभन्दा अत्याधुनिक रहेको बताइएको छ । यो रोबोटको शरीरबाट पसिना आउने हुनाले यसले रोबोटलाई बढि तात्नबाट बचाउँदछ । साथै यसले मानिसले जस्तै केही चाल चाल्न तथा व्यायाम गर्न पनि सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?