Breaking News

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

Feb Tue 2020 05:40:21

1075 views

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको हो ।न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याएकाृ हो ।आफ्ना सबैभन्दा गम्भीर नीतिहरूको उल्लंघन गर्ने व्यक्तिलाई तत्काल फेसबुक लाइभ सुविधा प्रयोग गर्नबाट निश्चित समयका लागि रोक लगाइने फेसबुकले जनाएको छ । गत मार्चमा न्यूजिल्याण्डको एउटा मस्जिदमा ५१ जनाको ज्यान जाने गरी गरिएको हमलालाई आक्रमणकारीहरूले प्रत्यक्ष प्रसारण गरेका थिए ।सो घटनाका कारण विवादमा परेपछि फेसबुकले कडा नीति सार्वजनिक गरेको हो । जस अनुसार फेसबुकमा प्रत्यक्ष प्रसारण गर्न सकिने सुविधालाई नियन्त्रण गरिनेछ ।पेरिस सम्मेलनले सामाजिक सञ्जालको प्रयोगबाट आतंकवादी गतिविधिको योजना र घटनाको प्रचारप्रसार हुन नदिन भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई संयोजन गर्ने लक्ष्य राखेको छ ।सो सम्मेलनमा युरोप, क्यानडा र मध्यपूर्वी देशका नेताहरूले फेसबुक, गुगल र ट्विटर जस्ता कम्पनीका उच्च अधिकारीहरू सहभागी हुनेछन् ।स्वचालित रूपमा आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइएका सामग्रीहरू पहिचान गर्न एउटा नयाँ अनुसन्धान साझेदारी सुरू गर्न साढे सात करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता फेसबुकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?