सो कार्यक्रममा क्यान महासंघकी उपाध्यक्ष सुनैना पाण्डे घिमिरेले महिलाहरु पछिल्लो दिनमा ससक्त हुँदै आएको हुँदा उनीहरु यो क्षेत्रमा अगाडि आउन सक्ने बताईन् । उनले सूचना प्रविधिको अध्ययन र विकास हुँदै गर्दा नयाँ पुस्ताले आवश्यकताअनुसार सूचना प्रविधिको जनशक्तिको माग पूर्ति गर्न सक्ने स्पष्ट पारिन् ।
किष्ट कलेज अफ म्यानेजमेन्टको सहयोगमा आयोजना गरिएको सो कार्यक्रममा करिब १ सय छात्राहरुको सहभागिता रहेको थियो । नेशनल आईसिटी काउन्सिल की अध्यक्ष मिना अर्यालले सामाजिक संजालमा भएका र इन्टरनेटमा आधारित व्यक्तिगत डाटा सुरक्षित बनाउन प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने धारणा बताउनु भयो ।