Breaking News

क्यान कमटेक २०१६ सूचना प्रविधि प्रेमीहरुको उत्साहजनक सहभागीता सम्पन्न -फोटो फिचरसहित

Feb Tue 2020 05:40:10

322 views

क्यान कमटेक २०१६ सूचना प्रविधि प्रेमीहरुको उत्साहजनक सहभागीता सम्पन्न -फोटो फिचरसहित

क्यान कमटेक २०१६ प्रदर्शनी भब्यताका साथ सम्पन्न भएको छ । सुचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित क्यान कमटेक मेलाको सूचना तथा सञ्चारमन्त्री माननीय सुरेन्द्र कार्की (राम कार्की) ज्यूले समुद्धघाटन गर्नु भएको थियो ।

can-commtech-2016 एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षासहित अयोजित कमटेक मेलाको एक लाख ७० हजार ७ सय ७६ जनाले अवलोकन गरेका छन् । कम्युनिकेशन टेक्नोलोजीलाई बिशेष प्राथमिकता राखेर आयोजित मेलामा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्ट्रोनिक्स सेक्यूरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय ओटा स्टल रहेका थिए ।

comtech-can-2016

कमटेक प्रदर्शनीमार्फत नेपाली बजारमा थुप्रै नयाँ प्रविधिहरु भित्रिएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले कमटेकमार्फत नेपाली बजारमा आइपी टिभीहरु सार्वजनिक गरेका छन भने स्मार्टफोन, ल्यापटप, ट्याबलेट, एन्टिभाइरस र इन्टरनेट सेक्यूरिटी, प्रोजेक्टर, भिक्लाउड प्वाइन्ट, क्यामेरा, पीबीएक्स सिष्टम, वायरलेस हाइ पावर युएसवी, एडप्टर तथा राउटर, युपिएस, जीपीएस भेहिकल ट्रयाकिङ सिष्टम, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लगायतका नयाँ नयाँ भर्सनहरु नेपाली बजारमा प्रवेश गरेका छन । यी उत्पादनहरु कमटेक मेलामा विशेष सहुलियतमा उपलब्ध गराएका थिए ।

inagurate-can-comtech

कमटेकमा सहभागी कम्पनीहरुले प्रदान गरेको सहुलियत र विभिन्न आकर्षक स्किमहरुले अवलोकनकर्ताहरुलाई सञ्चार प्रविधिप्रति आकर्षित गरेयो ।  कमटेकमा लागेको भिड र कम्पनीहरुले ल्याएको प्रविधिहरुको नयाँ नयाँ संस्करणले नेपालमा प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउनेछ भन्ने क्यान महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमटेकको यस संस्करणको लागि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणिकरण नियन्त्रकको कार्यलय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, ईन्टरनेट सेवा प्रदायक संघ जस्ता राष्ट्रिय तथा ब्क्इऋक्ष्इ र ध्क्ष्त्क्ब् जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग पु¥याएका थिए ।

थप फोटो झलकहरु :

can-commtech-2016 comtech-can-2016 can-5worldlinkcan2can9can7can-1122can-4can-3can-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?