Breaking News

फोटोलाई सुन्दर बनाउने एपहरु यस्ता छन्

Feb Tue 2020 05:40:27

414 views

फोटोलाई सुन्दर बनाउने एपहरु यस्ता छन्

गुगल प्ले स्टोरमा केही यस्ता एपहरु छन् जसले तपाइँलाई पर्फेक्ट तस्वीर खिच्न तथा तयार गर्न सहयोग गर्दछन् ।

यी एपले फोटोबाट ब्याकग्राउण्डमा देखिएका मानिसहरुलाई हटाएर तस्वीरलाई राम्रो देखाउने काम गर्दछन् ।

यी मध्ये एउटा एप हो फोटो इरेजर । यो एपलाई गुगल प्ले स्टोरबाट आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुहोस् । त्यसपछि तपाइँले आफ्नो फोटोबाट जुन भाग हटाउन चाहनुहुन्छ त्यसलाई छनोट गरेर इरेजमा क्लिक गर्नुहोस् ।

फोटो इडिट गर्दा फोटो इरेजरले तपाइँलाई चारवटा विकल्प दिनेछ । जसबाट एउटा छनोट गर्न सक्नुहुन्छ । त्यसपछि यो एपले तपाइँको फोटोलाई तपाइँले चाहे अनुसार यसरी इडिट गरिदिनेछ की मानौं फोटो खिच्दाखेरी नै यस्तै पर्फेक्ट थियो ।

त्यस्तै अर्को एप हो, चेन्ज फोटो ब्याकग्राउण्ड । यो यस्तो एप हो जसबाट तपाइँ आफ्नो फोटोको पूरै ब्याकग्राउण्ड परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका साथै विभिन्न खाले स्पेसल इफेक्ट पनि फोटोमा दिन सक्नुहुन्छ ।

तपाइँले फोटोमा जुन परिवर्तन गर्नुहुन्छ त्यसले तपाइँको वास्तविक फोटोमा कुनै असर गर्नेछैन किनकी सक्कली फोटो अलग्गै सुरक्षित राखिएको हुन्छ । त्यसका साथै तपाइँले एपका विभिन्न १० वटा वालपेपर मध्ये एक चुन्न सक्नुहुन्छ ।

फोटोको जुन हिस्सालाई तपाइँ हटाउन चाहुनुहुन्छ त्यसको चारै तर्फ एक घेरा बनाइदिनुस् । त्यसपछि साइज आइकनमा क्लिक गर्नुहोस् र ओके गर्नुहोस् । त्यसपछि फोटोका लागि उपयुक्त ब्याकग्राउण्ड छनोट गर्नुहोस् । फोटोको पारदर्शितालाई कम वा बढि गर्नुछ भने ओपासिटी नामको विकल्पमा क्लिक गर्नुहोस् ।

यी सबै गरेपछि आफ्नो फोटोलाई सेभ गर्नुहोस् र मनले चाहेजस्तो फोटो प्राप्त गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?