Breaking News

नेपाल टेलिकमको प्रमुखमा महिला :मोबाइल सेवालाई गुणस्तरीय बनाउँने कामिनी राजभण्डारी प्रतिबद्धता

Feb Tue 2020 05:40:46

333 views

नेपाल टेलिकमको प्रमुखमा महिला :मोबाइल सेवालाई गुणस्तरीय बनाउँने कामिनी राजभण्डारी प्रतिबद्धता

नेपाल टेलिकमको पहिलो महिला निर्देशक कामिनी राजभण्डारी भएकी छिन् । नवनियुक्त प्रमुख राजभण्डारीले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नु नै आफ्नो पहिलो काम हुने बताएकी छिन् ।कामिनी राजभण्डारीले टेलिकम सुधारका लागि नयाँ कार्ययोजनालाई समेत निरन्तरता दिने बताएकी छिन् । यसैगरी नयाँ(नयाँ प्रविधि भित्र्याएर ग्राहकलाई समय परिर्वतसँगसँगै आउने सुविधा पनि प्रयोग गर्न दिने भण्डारीले बताइन् । समय(समयमा आइरहने समस्या समाधान गर्ने र टेलिकममा रहेका ४३ सयभन्दा बढी कर्मचारीहरुलाई प्रत्साहन गर्दै जनताको सेवामा काम गर्ने वातावरण बनाउने योजना पनि उनले सुनाइन् ।भण्डारीलाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख पदमा नियुक्त गरेको छ । उनी यसअघि टेलिकममै प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक पदमा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?