Breaking News

स्वस्थ मातृशिशु स्वास्थ्य कायम राख्न हरेक घर परिवारका महिलालाई चेतनासँगै जागरुक बनाउनु पर्दछ - भीमसेनदास महर्जन सभासद् नेपाली कँग्रेस

Feb Tue 2020 05:40:44

522 views

स्वस्थ मातृशिशु स्वास्थ्य कायम राख्न हरेक घर परिवारका महिलालाई चेतनासँगै जागरुक बनाउनु पर्दछ - भीमसेनदास महर्जन सभासद् नेपाली कँग्रेस
  • साधना बस्नेत/मनमैजु,काठमाडौ

सुरक्षित मातृत्व र कुपोषणमुक्त वाल समाज निर्माणको चेतनामुलक मातृशिशु स्वास्थ्य तालिम कार्यक्रममा नेपाली कँग्रेसका क्षेत्र नं ६ का सभासद् भीमसेन दास महर्जनले मनमैजुका स्थानीय नेवार समुदायका महिलाहरुलाई नेवारी भाषामा नै मातृशिशु स्वास्थ्यको बारेमा प्रशिक्षणात्मक शैलीमा जानकारी शेयर गर्नुभयो । आमा र बच्चाको स्वास्थ्यको ख्याल पुर्याउन बढी जिम्मेवार महिलाहरु हुने भएकोले सामाजिक संस्थामार्फत मातृशिशु स्वास्थ्यका कार्यक्रमहरु गाउँ टोल र समुदायसम्म निरन्तर सञ्चालन गर्नुपर्नेमा महर्जनको जोड थियो । मनमैजुको नेवारी समुदायमा मातृशिशु कार्यक्रम सञ्चालन गरेकोले कार्यक्रम लक्षित समुदाय केन्द्रित कार्यक्रम भएकोले सृजनशील प्रवद्र्धन केन्द्रको यस किसिमको सामाजिक कार्यक्रमको सभासद् भीमसेन दासले प्रशंशा समेत गर्नुभयो । कार्यक्रममा सहभागी ६५ जना महिलाहरुलाई सभासद् महर्जनले मिति २०७२ मंसीर १२ गते काठमाडौंको तारकेश्वर न पा को मनमैजु वाक्चापाखामा प्रमाण पत्र समेत वितरण गर्नुभएको छ ।IMG_6204 IMG_6226

सृजनशील प्रवद्र्धन केन्द्र नेपालको आयोजनामा काठमाडौंको तारकेश्वर न.पा को मनमैजु वाक्चापाखामा महिलाहरुका लागि ३ दिने निःशुल्क मातृशिशु तालिम कार्यक्रम सम्पन्न भएको हो । नागरिक सचेतना केन्द्र र बसाइसरार्इ सञ्जालका महिला समूहका ६५ जना महिलाहरु मातृशिशु कार्यक्रमबाट लाभान्वित भएका छन् । मंसीर १०, ११ र १२ गते सञ्चालन भएको मातृशिुश तालिममा सुरक्षित मातृत्व र वाल स्वास्थ्य विषयमा महिला स्वास्थ्यकर्मीबाट चेतनामुलक ज्ञानका साथै प्राथमिक तवरबाट मातृशिशु मृत्युदर घटाउने उपायबारे तालिम दिइएको थियो । IMG_6209 स्वास्थ्य केन्द्र विभाग टेकुको तर्फबाट अनिता श्रेष्ठ र प्रणिता श्रेष्ठले आमा र बच्चाको स्वास्थ्यको ख्याल गर्भवती भएको अवस्थादेखि बच्चा ३ ४ वर्षको अवधिसम्म कस्ता कस्ता अवस्थाहरु आइपर्दछन र त्यसका लागि हामीले अपाउने सावधानीका उपायहरु र स्वास्थ्य संस्था सम्म किन पुग्नुपर्ने हुन्छ भन्ने कुराको बारेमा प्रशिक्षात्मक तालिम प्रदान गरेका थिए ।IMG_6288 IMG_6300 जिल्ला विकास समिति काठमाडौंको सहकार्यमा भएको निःशुल्क आधारभुत मातृशिशु स्वास्थ्य तालिम समापन कार्यक्रममा प्रxIMG_6257मुख अतिथि नेपाली कँग्रेसका सभासद् भीमसेनदास महर्जन, विशेष अतिथिमा तारकेश्वर नगरपालिका काठमाडौंका कार्यकारी अधिकृत कमलराज भण्डारी, अतिथिहरुमा नेपाली कँग्रेस मनमैजुका क्षेत्रीय सचीव इन्द्रमान महर्जन, कँग्रेस नेतृ यशोदा पौडेल, नेकपा एमालेका तर्फबाट लव कुमार बस्नेत, एकीकृत नेकपा माओवादीको तर्फबाट विना राना, तारकेश्वर वडा नं २० मनमैजुका वडा संयोजक अमृत थापा, राष्टिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदीप विक्रम थापा, नागरिक सचेतना केन्द्र मनमैजुको तर्फबाट मायादेवी महर्जन, तारकेश्वर न.पा मनमैजु वडाको सामाजिक परिचालिका सिर्जना महर्जन, स्वास्थ्य केन्द्र विभाग टेकुको तर्फबाट अनिता श्रेष्ठ र प्रणिता श्रेष्ठ, मनमैजु स्वास्थ्य केन्द्रको स्वाथ्स्थ्य स्वंयसेवीका मनसुन थापा मगरको उपस्थिति रहेको थियो । सहरी क्षेत्र अन्तर्गत पनि कतिपय क्षेत्रका समुदायहरुमा मातृशिशु स्वास्थ्य बारेको ज्ञान नहुदा परम्परागत तवरले सुत्केरी गराउने अवस्थाले आमा र बच्चाको ज्यान गएको घटनाहरु सुन्नमा आउने गरेको बताउदै यस्तो कार्यक्रमहरुलाई सरकारी स्तरबाट स्थानीय समुदाय र संघ संस्थाको सहकार्यमा कार्यक्रमको क्षेत्रको पहिचान गरी सञ्चालन गर्नुपर्नेमा तारकेश्वर नगरपालिका कार्यकारी प्रमुख कमलराज भण्डारीले जोड दिनभयो । यसका लागि सरकारी राजनीतिक गैरसरकारी र स्थानीय समुदायको तालमेल पनि उत्तिकै रुपमा हुनुपर्नेमा पनि भण्डारीले बताउनुभयो ।IMG_6148IMG_6056 कार्यक्रमका अतिथि तथा नेपाली कँग्रेस क्षेत्रीय सचीव मनमैजुका इन्द्रमान महर्जनले सहरी क्षेत्रभित्र रहेर पनि मनमैजुका कुना कुनाका महिलाहरुमा मातृशिशु स्वास्थ्य बारेका ज्ञान र चेतना प्रर्याप्त नहुदा आमा र वच्चाको स्वास्थ्यमा गम्भीर समस्याहरु आइपर्ने अवस्थाहरु रहेको बताउदै चेतनाको स्तर महिला समुदाय र घर परिवारसम्म पुर्याउनु नै आजको सामाजिक दायित्व भएकोले मातृशिशु स्वास्थ्य सम्बन्धी चेतना अभियानमा आ आफ्नो स्तरबाट जुट्न सबैलाई आव्हान समेत गर्नुभयो ।IMG_6112IMG_6089 IMG_6090 IMG_6126राप्रपा नेपालका प्रदीप विक्रम थापाले जनचेतनाका् स्तर प्रवाह गर्ने सिर्जनशील प्रवद्र्धन केन्द्र नेपालले गरेको यस्तो सामाजिक अभियानलाई सबैले साथ दिनुपर्ने बताए । सामाजिक चेतना र ज्ञानको सामाजिक अभियान राजनीतिकस्तरबाट पनि हुनुपर्नेमा राणाले जोड दिदै यसतर्फ आफ्नो ठाउँबाट गर्न सक्ने काममा हुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरे ।IMG_6073 कार्यक्रमका अतिथि नेकपा माओवादीका विना रानाले गाउँमा अज्ञानताले मातृशिशु मृत्युदर बढिरहेको र सहरमा धेरै जानेर त्यसको वेवास्ता गर्दा आमा र शिशुको स्वास्थ्यमा समस्या आइरहेको अवस्था बिद्यमान रहेकोले यसतर्फ महिलाहरुमा सचेतना र जागरुकता ल्याउनु नै पहिलो सामाजिक दायित्व हामी सबैको भएको बताइन ।IMG_6078 तारकेश्वर नगरपालिका मनमैजु वडा नं २० का वडा नागरिक मञ्चका संयोजक अमृत थापाले सहरी क्षेत्रमा अहिले धुलो धुवाँ, फोहोरमैलाबाट उत्पन्न ग्याँसले मानव स्वास्थ्यमा असर गरिरहेको र यसले अझ बढी गर्भवती महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पुर्याएको अवस्थामा यस्ता चेतनास्तरका कार्यक्रमहरु लागू गर्दै स्थानीयस्तरबाटै मानव स्वास्थ्य मातृशिशु स्वास्थ्यमा पुग्ने असरबारेको दीर्घकालीन समाधानको उपाय स्थानीयस्तरका महिला आफैबाट गर्न सक्षम गर्नु नै स्वस्थ मातृशिशुको अवधारणा बन्ने सक्छ । यसमा हामी सबैको एकसाथ हुनुपर्नेमा थापाले जोड दिए ।IMG_6063 नागरिक सचेतना केन्द्रकी प्रमुख मायादेवी महर्जनले मातृशिशु स्वास्थ्य बारे थप ज्ञान र चेतना दिने उद्देश्यअनरुप मनमैजुका स्थानीय नेवार समुदायका महिलाहरुका लागि यो मातृशिशु कार्यक्रम अहिलेको समय सापेक्ष रहेको बताउदै यस कुरालाई अन्य महिला दीदि बहिनीहरुमा पुर्याउन हामी आफै अग्रसर हुनुपर्ने महर्जनले बताइन् ।IMG_6235 तारकेश्वर नगरपालिका मनमैजु वडाको सामाजिक परचालिका सिर्जना महर्जनले सामाजिक सचेतनाका यस्ता कार्यक्रमहरु महिला समूहमार्फत महिलाहरुका लागि हुनुपर्नेमा जोड दिदै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आजैदेखि सबै लागी परे सुरक्षित मातृत्व र कुपोणमुक्त वाल समाज निर्माणका लागि धेरै समय नलाग्ने सिर्जनाले बताइन् । मातृशिशु तालिम कार्यक्रम सञ्चालनका लागि नागरिक सचृतना केन्द्र र बसाइसराई सञ्जालकाका महिलाहरुलाई जुटाउने काममा सिर्जनाको प्रमुख भूमिका रहेको थियो । विविध सामाजिक क्रियाकलापमार्फत मनमैजुका स्थानीय महिलाहरुको सामाजिक जीवनस्तर माथि उकास्ने काममा सिर्जना महर्जनको अह्म भूमिका रहदै आएको छ ।IMG_5950 मातृशिशु स्वास्थ्य अर्थात आमा र शिशुको स्वास्थ्य स्वस्थ्य राख्ने ज्ञानले नै सुरक्षित मातृशशिु समाज निर्माण गर्न मद्दत गर्दछ । यौन तथा प्रजनन्को कारणबाट हुने मातृशिशु मृत्युदरमा घटाउनका लागि सामाजिक चेतनामुलक कार्यक्रमहरु बढी भन्दा बढी सञ्चालन हुनुपर्दछ । भौतिक साधन स्रोतले सम्पन्न सहरी क्षेत्र काठमाडौं भए पनि चेतनामुलक कार्यक्रम र विशेष स्वास्थ्य तालिमको अभावले प्रस्तावित क्षेत्रका महिलाहरु विभिन्न प्रकारका यौन तथा मातृशिशु स्वास्थ्यको बारे अझै अनभिज्ञ रहेकोले सहरी क्षेत्रमा नै यौन तथा मातृशिशु स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकताको माग स्थानीय नागरिक सचेतना महिला समूह र बसाइ सराई सञ्जाल तारकेश्वर मनमैजुका महिला समूहका मागलाई मध्यनजर गरेर जिल्ला विकास समिति काठमाडौको सहकार्यमा सीपीसी नेपालले महिला लक्षित मातृशिशु स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको जनाएको छ । महानगरपालिका सहरी क्षेत्रको सामन्ने रहेको तारकेश्वर न।पा। मनमैजुका सबै वडा क्षेत्रमा स्थानीय नेवार समुदायसँगै आदीवासी जनजाति महिलाहरुको बसोबास छ । सञ्चालित मातृशिशु स्वास्थ्य कार्यक्रम सहरी आवासीय सुबिधा सम्पन्न क्षेत्र सामन्ने भए पनि यहाँका महिलाहरुमा यौन तथा प्रजनन स्वास्थ्यको चेतनाको अभावका कारण आफ्ना समस्याहरु प्रिवार र समाजमा खुलेर राख्न सक्ने अवस्थामा छैनन् । जसले गर्दा अधिकांश महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य समस्याबाट ग्रसित बनिरहेका छन् । यसका लागि महिलाहरुलाई मातृशिशु स्वास्थ्य तथा प्रजनन यौन शिक्षाको बारेमा खुलस्त भएर बोल्न सिकाउनका लागि पहिले उनीहरुलाई यस बारेको सामान्य ज्ञान दिनु उपयुक्त हुन्छ, सोही कुरालाई मध्यनजर गरेर संस्थाले महिला लक्षित मातृशिशु स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको संस्थाकी अध्यक्ष सावित्री बस्नेतले बताइन् । चेतनास्तरको कमीले खुलेआम रुपमा समाजमा प्रस्तुत हुन नसक्दा उच्च एवं सम्पन्न स्तरका महिलाहरुले पनि सामान्य यौन, प्रजनन तथा मातृशिशु स्वास्थ्य सम्बन्धि समस्याहरुबाट पिडित भै रहदा आफ्नु उक्त पिडा परिवारमा सुनाउन सकेको अवस्था छैन । त्यसैले यौन, प्रजनन् तथा मातृशिशु स्वास्थ्यकोे हिसाबले सहरी स्तरबाटै महिलाहरु नै सचेत हुनु जरुरी छ भने अर्कोतर्फ स्थानीय महिला समुह तथा समुदायका महिलाहरुमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतनाका कार्यक्रमहरु संचालन गर्न सके मातृशिशु मृत्युदरमा घट्नुको साथै कुपोषण मुक्त बाल समाज निर्माण हुने कुरामा मनग्य टेवा पुग्ने देखिन्छ । सृजनशील प्रवद्र्धन केन्द्र नेपालले गरेको यस सामाजिक कार्यलाई अरु महिला संघ-संस्थाले पनि गर्न सके पक्कै सुरक्षित मातृशिशु समाज बन्न सघाउ पुग्नेछ ।

काठमाडौंको तारकेश्वर न.पा को मनमैजु वाक्चापाखामा सञ्चालित महिलाहरुका लागि निःशुल्क मातृशिशु स्वास्थ्य कार्यक्रम सञ्चालनका फोटो झलकहरु :

IMG_5931IMG_6044 IMG_6112IMG_5980 IMG_5989 IMG_6068 IMG_6058 IMG_6078 IMG_6095 IMG_6105 IMG_6092 IMG_6154 IMG_6161 IMG_6133 IMG_6189 IMG_6224 IMG_6209 IMG_6232 IMG_6247 IMG_6210 IMG_6257 IMG_6251 IMG_6282 IMG_6277 IMG_6287 IMG_6288 IMG_6312 IMG_6303 IMG_6311 IMG_6294 IMG_6300 IMG_6235 IMG_6112

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?