Breaking News

किलर रोबोट यसरी आतंकवादीको हतियार बन्न सक्छ

Feb Wed 2020 02:40:23

576 views

किलर रोबोट यसरी आतंकवादीको हतियार बन्न सक्छ

किलर रोबोट युद्धमा तेश्रो क्रान्तिको हतियार बन्न सक्नेमा आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञरुले बताएका छन् । किलर रोबोट आतंकवादीको हतियार हुनसक्छ । आतंकवादीहरुले निर्दोष मानिसहरुको हत्या गर्न किलर रोबोटलाई ह्याक गरी निकै खराब स्थितिको सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गर्दै सय भन्दा बढी वैज्ञानिकहरुले हत्यारा रोबोटको उत्पादनमा रोक लगाउन संयुक्त राष्ट्रसंघको पत्रमार्फत ध्यानाकर्षण गराएका छन् । पत्रमा भनिएको छः एकपटक यसको विकास भैसकेपछि अहिलेसम्मै नभएको ठूलो स्तरमा ससस्त्र युद्ध हुनसक्छ । यो मानिसको कल्पना भन्दा पनि तिब्र हुनसक्छ । वैज्ञानिकहरुले किलर रोबोटलाई संयुक्त राष्ट्रसंघको प्रतिबन्धित हतियारको सूचिमा राख्न माग गरेका छन् ।

यस्तो माग गर्ने वैज्ञानिकहरुमा टेस्लाका सहसस्थापक तथा सिइओ मस्कका साथै गुगलका सह सस्थापक मुस्तफा सुलेमान लगायतका छन् । संयुक्त राष्ट्रसंघका समितिहरुका बैठकमा यसअघि पनि किलर रोबोट बनाउन प्रतिबन्ध लगाउने विषयमा चर्चा हुने गरेको छ ।

सन् २०१५ मा एक हजार वैज्ञानिकहरुले पत्र लेखेर यस्तो हतियारका विषयमा चेतावनी दिएका थिए । त्यसमा स्टेफन हकिंग्स, स्टिभ बोज्नियाक तथा मस्क लगायतका थिए ।

Image result for killer robot

 के हो किलर रोबोट ?

किलर रोबोट यस्तो हतियार हो जसले लक्ष्यलाई आफै निसाना बनाएर मार हान्न सक्दछ । अहिलेसम्म यो प्रयोगमा आएको भने छैन त प्राविधिक विकासको यसको प्रयोगलाई नजिक ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?