Breaking News

ह्याकरले पासवर्ड चोर्ने तरिका, किबोर्डको आवाज सुनेरै पासवर्ड पत्ता लगाउन सक्ने

Feb Tue 2020 05:40:37

1191 views

ह्याकरले पासवर्ड चोर्ने तरिका, किबोर्डको आवाज सुनेरै पासवर्ड पत्ता लगाउन सक्ने
साइबर आक्रमणमा ह्याकरहरुको मुख्य भूमिका हुने गर्छ । ह्याकरहरुले व्यक्तिले टाइप गरेको किबोर्डको आवाज सुनेरै पासवर्ड पत्ता लगाउन सक्ने एक अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार यो तरिका यति प्रभावकारी छ कि सयौँ मानिसहरु टाइप गरिरहेको अत्यन्तै हल्लायुक्त सार्वजनिक स्थलबाट समेत पासवर्ड थाहा पाउन सकिन्छ। टेक्ससस्थित साउदर्न मेथोडिस्ट युनिभर्सिटी, एसएमयु का अध्ययनकर्ताले किबोर्डले निकाल्ने विभिन्न ‘साउन्ड वेभ’को विश्लेषण गर्ने क्रममा यस्तो पत्ता लगाएका हुन्। यसरी ‘एकस्टिक सिग्नल’ प्रोसेस गरिसकेपछि उनीहरुले टाइप गरिएका अक्षर सजिलै थाहा पाएका हुन्। यो तरिकाले पासवर्ड मात्र नभएर मान्छेको व्यक्तिगत इमेल र मेसेजहरु पनि ह्याक गर्न सकिने बताइएको छ। स्मार्टफोनमा प्रायः कुनैपनि एप डाउनलोड गर्दा त्यसले माइक्रोफोन लगायत हाम्रो डिभाइसका विभिन्न टुलको पहुँच पाउन ‘पर्मिसन’ मागिरहेको हुन्छ। यो कतिपय अवस्थामा एप सञ्चालनका लागि आवश्यक भएपनि ह्याकरहरुले सहजै दुरुपयोग गर्न सक्ने वा उनीहरु आफैँले त्यस किसिमको एप निर्माण गर्न सक्छन्। त्यस्तै गोप्य रुपमा हाम्रो मोबाइलको माइक्रोफोन हाइज्याक गर्न फोनमा भएका एप ह्याक गर्न पनि सक्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?